आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • फुटबल
  • आटीचौरमा जारी छेडेदह गोल्डकपको दोस्रो दिनमा ५ खेल

आटीचौरमा जारी छेडेदह गोल्डकपको दोस्रो दिनमा ५ खेल

  • आइतवार, कार्तिक ४, २०८१
आटीचौरमा जारी छेडेदह गोल्डकपको दोस्रो दिनमा ५ खेल

बाजुरा —शनिबारबाट सुरु भएको छैटौं संस्करणको छेडेदह गोल्डकपको दोस्रो दिन आज ५ खेल भएका छन् । गोल्डकपको शनिवार उद्वाटन सत्र भएर आइतवार बिहानबाट सुरु भएका खेल साँझसम्म ५ वटा खेल भएका हुन् ।

आयोजकका अनुसार पहिलो चरणको खेलमा केपी बा स्पोर्ट्स क्लव र बडीमालिका नगरपालिका-९ बीच प्रतिस्पर्धा भएको थियो । जसमा २-१ गोल अन्तरले केपी बा स्पोर्ट्स क्लवलाई हराउँदै गरी बडीमिालका-९ ले विजयी सुरुवात गरेको छ । त्यस्तै दोस्रो चरणको खेलमा सिएससी र बिवाइसी ताप्राको खेलमा १-० गोल अन्तरले हराउँदै ताप्राले बिजयी सुरुवात गरेकाे छ ।

त्यसै गरी तेस्रो खेलमा बिवाइसी बजेडी र एनवाइसी बिच प्रतिस्पर्धा भएकोमा १-० गोलले हराउँदै एनवाइसीले जित हात पारेको छ । गौलडकपको चौथौ खेलमा सिएससी र गौमुलबिच प्रतिस्पर्धा भएकोमा गोल रहित बरावरी भएका छन् ।

त्यस्तै आज भएको पाचौं खेलमा बडिमालिका ९ र कन्सनबिच भएकोमा १-० गोलले हराउँदै कन्सनले बिजयी सुरुवात गरेको जनाएको छ । आयोजकले गोल्कपको बिजेतालाई तीन लाख र उपबिजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार