आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछानेको बयान सकियो, ५ दिनको म्याद थप्न माग

रवि लामिछानेको बयान सकियो, ५ दिनको म्याद थप्न माग

  • आइतवार, कार्तिक ४, २०८१
रवि लामिछानेको बयान सकियो, ५ दिनको म्याद थप्न माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँगको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएको हो ।

गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको थियो । बयान सकिएकाले केही बेरमा उनलाई थुनामा राख्ने कि नराख्नेलगायत म्याद थपबारे आदेश आउने जनाइएको छ ।

प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत ५ दिनको म्याद थप मागेको छ ।

चर्चामा

सम्बन्धित समाचार