शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • रविको गाडी चालकको रहस्यमय मृत्युको अनुसन्धान पनि राज्यको दायित्व हाेः एमाले नेता थापा

रविको गाडी चालकको रहस्यमय मृत्युको अनुसन्धान पनि राज्यको दायित्व हाेः एमाले नेता थापा

  • शनिबार, कार्तिक ३, २०८१
रविको गाडी चालकको रहस्यमय मृत्युको अनुसन्धान पनि राज्यको दायित्व हाेः एमाले नेता थापा
फाइल तस्विर

बाजुरा —नेकपा एमालेका नेता स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्ण बहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी चालकको रहस्यमय मृत्युको पनि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि शुक्रबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री लामिछाने पक्राउ परेपछि एमाले नेता थापाले गाडी चालकको रहस्यमय मृत्युको अनुसन्धान पनि राज्यको दायित्व भित्रको विषय रहेको बताएका छन् ।

त्यस्तै उनले अरुमाथि प्रश्न उठाएर उदाएका रवि उनीमाथि उठेका प्रश्नै प्रश्नको जवाफ दिदै जीवन सकिने सम्भावना बनेको टिप्पणी गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्,“अरूमाथि प्रश्न उठाएर उदाएका रबि लामिछाने उनीमाथि उठेका प्रश्नै प्रश्नको जवाफ दिदै जीवन सकिने सम्भावना बनेको छ । शालिकरामको मृत्यु अगाडिको प्रश्नको जवाफ रबिका लागि सबभन्दा कठिन हुनेछ । रबिको गाडि चालकको रहस्यमय मृत्युुको अनुसन्धान पनि राज्यको दायित्व भित्रको विषय हो ।”

No description available.

 

 

चर्चामा

सम्बन्धित समाचार