शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे हिमाली गाउँपालिकामा आज शोक बिदा

बाजुराकाे हिमाली गाउँपालिकामा आज शोक बिदा

  • शुक्रबार, कार्तिक २, २०८१
बाजुराकाे हिमाली गाउँपालिकामा आज शोक बिदा

बाजुरा– हिमाली गाउँपालिकामा आज शोक बिदा दिने निणर्य गरेको छ । हिमाली गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लको निधनप्रति शोक मनाउन बिदा दिएको हो । नर्सिङ अधिकृत  प्रेमकला मल्लको ५२ वर्षको उमेरमा निधन भएको छ ।

बाजुराको दुर्गम बिच्छ्यामा उनल लामो समय सेवा गरेको र हिमाली गाउँपालिकामा दुख ब्यक्त गर्दै शोक बिदा दिने निणर्य गरेको हिमाली गाउँपालिकाले जनाएकाे छ ।

हिमाली गाउपालिका स्वास्थ्या शाखा प्रमुखमा कार्यरत मल्लको असोज ३० गते हृदयघातका कारण मृत्यू भएको हो । बाजुराको अति विकट बिच्छ्या घरघरमा पुगेर सेवा गरिरहेकी अनमी मल्लको निधनले हिमाली गाउँपालिका शोकमग्न बनेको छ ।

निरन्तर ३६ वर्षसम्म सरकारी जागिरको सिलसिलामा दुर्गमका हजारौँ बिरामीको उपचारमा दिन बिताएकी प्रेमकला मल्ल आफैले सुलभ उपचार नपाउँदा यो संसारबाट अल्पआयूमै अस्ताउनु परेको छ  ।  उनको मृत्युको खबरले यति वेला सामाजिक सञ्जाल र बाजुरेली शोकाकुल भएका छन् ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार