शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कोशी प्रदेश
  • धार्मिक तथा ऐतिहासिक धराेहर हुदाँहुदै पनि विकास र समृद्धिमा बाजुरा पछाडि परेकाे छ: राष्ट्रपति पाैडेल

धार्मिक तथा ऐतिहासिक धराेहर हुदाँहुदै पनि विकास र समृद्धिमा बाजुरा पछाडि परेकाे छ: राष्ट्रपति पाैडेल

  • शुक्रबार, कार्तिक २, २०८१
धार्मिक तथा ऐतिहासिक धराेहर हुदाँहुदै पनि विकास र समृद्धिमा बाजुरा पछाडि परेकाे छ: राष्ट्रपति पाैडेल

टेक बहादुर बुढा/बाजुरा– राष्ट्रपति रामचन्द्र पाैडेलले बाजुरा जिल्ला धार्मिक, ऐतिहासिक एवम् प्राकृतिक धराेहर हुदाँहुदै पनि विकास र समृद्धिमा पछाडि परेको बताएका छन् । बिहिवार सुदूरपश्चिमको धार्मिक तथा पर्यटकिय स्थल बडीमालिका माताकाे दर्शन पश्चात् त्रिवेणी नगरपालिका ७ मा अवस्थित नाटेश्वरी मन्दिर समुद्घाटन कार्यक्रममा बाेल्दै राष्ट्रपति पाैडेलले यस्तो बताएका हुन् ।

त्यस्तै उनलेे स्रोत र साधनका लागि अथाह सम्भावना बाेकेकाे यो भूमिकाे विकासका लागि राज्यकाे उचित ध्यान जानेछ भन्ने विश्वास व्यक्त गरे । उनले भने,`धार्मिक पवित्र पुण्य भूमिमा उभिएर सम्पूर्ण नेपाली जनताको सुख शान्ति र मुलुकको समृद्धिका लागि प्राथना गर्दछु ।´ राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांँस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामहरूले एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए ।

त्यसैगरी कार्यक्रममा बाेल्दै राष्ट्रपति पाैडेलले विभिन्न जीवजन्तूसँगै अमुल्य जडिबुटीले सुसुभित पुण्य भूमिकाे आरक्षण जरुरी रहेको भन्दै यसका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । दशकै ठूलो दिव्य धाम बडीमालिका र नाटेश्वरीकाे दर्शन गर्न पाउँदा निकै हर्षित भएको भन्दै राष्ट्रपति पाैडेलले बाजुराबासी स्वर्गका बासिन्दा रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार