बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • बडिमालिका
  • राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा बाजुराको नाटेश्वरी मन्दिर उद्घाटन

राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा बाजुराको नाटेश्वरी मन्दिर उद्घाटन

  • बिहिबार, कार्तिक १, २०८१
राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा बाजुराको  नाटेश्वरी मन्दिर उद्घाटन

टेकबहादुर बुढा– राष्ट्रपति रामचन्द्र पाैडेलले बाजुराको नाटेश्वरी मन्दिरकाे समुद्घाटन गरेका छन । उनले आज जिल्लाको त्रिवेणी नगरपालिका ७ मा रहेको धार्मिक पवित्र स्थल नाटेश्वरी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका हुन । राष्ट्रपति पाैडेलले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकिय स्थल बडीमालिका माताकाे दर्शन पश्चात् नाटेश्वरी पुगेर मन्दिर उद्घाटन सँगै पूजाआजा समेत गरेका छन । त्रिवेणी नगरपालिकाकाे आयोजनामा नाटेश्वरी मन्दिरमा एक औपचारीक कार्यक्रमका बिच राष्ट्रपती पाैडेलले मन्दिरको उद्घाटन गरेकाे त्रिबेणी नगरपालिकाले जनाएकाे छ ।  राष्ट्रपति पाैडेल सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र प्रधानसेनापति समेत साे कार्यक्रममा सहभागी भएका छन ।

२०७८ सालमा निर्माण थालिएकाे साे मन्दिरकाे करिव १४ करोडको लागतमा  बन्ने भनेर डिपिआर भएको थियाे ।  साे मन्दिर निर्माणका लागि जलुकेनी निर्माण सेवा प्रालिको ठेक्का सम्झौता भएर मन्दिर निर्माण र फन पार्क निर्माण   गरिएकाे छ । नाटेश्नवरीमा करिव ६ करोड लागतमा फनपार्क निर्माण समेत गरिएकाे छ । यतिबेला नाटेश्वरीमा दिन प्रतिदिन पर्यटकीय आर्कषण बढ्दै गएको छ । त्रिबेणी नगरपालिकाको वडा नं.७ को पातल (जंगल) क्षेत्रमा पर्ने नाटेश्वरी परिसरमा आधुनिक मन्दिर तथा धर्मशाला सडक सञ्जाल लगायत भौतिक संरचना निर्माण गरेपछि धार्मिक एबं पर्यटकीय भुमी नाटेश्वरीमा आन्तरिक तथा बाह्या पर्यटकका लागि आकर्षणको केन्द्र बन्दैगएको पाइएकाे छ।
शुदुर पश्चिमको धरोहर एबं त्रिबेणी नगरपलिकाको बिकासको आधार मानिएको नाट्यश्वरी क्षेत्रमा दिन हुँजसो आन्तरिक तथा वाह्य पर्यटक बढ्दै गएको त्रिबेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाकाे भनाइ रहेकाे छ ।  प्राचिन समय देखि बडिमालिका माताको दर्शन गरी आउने तिर्थालु भक्तजनहरु बास बस्ने थलोका रुपमा नाटेश्वरी लाई लिइन्छ ।

“स्वर्गकी अप्सरा लगायत देबी देवता त्यहीभूःस्वर्गमा आएर नृत्य भोजनकृतनगर्ने किंबदन्ती छ ।” नृत्य शाला बाट अपभ्रंश हुदै नाटेश्वरी रहनगएको नगरप्रमुखथापाले भने । त्रिबेणीधाम बडिमालिकाबाट हप्तादिनको उच्च हिमाली पैदल बाटो हिडेर आउने भक्तालु जनका लागि विश्राम सहित भोजन कृतनगर्ने नाट्य थलोका रुपमाअहिले पनि परिचित छ । पछिल्लो समयमा देशभरका आन्तरिक तथा वाह्रय धार्मिक पर्यटकहरु आउनेक्रम बढेकोले नगरपालिकाले तिन करोड रुपैंया र प्रदेश संघीय सरकारबाट चार करोड १३ लाख रुपैंयाको ठुलो धनरासी लगानी गरेर सुदुरपश्चिमकै धार्मिक धरोहरका रुपमा निर्माण गरेका छौं नगरप्रमुख थापाले भने ।

प्राकृतिक रुपमा मनोरम हुंदा बाह्रै महिना नाटेश्वरी मन्दिरमा दर्शन तथा अध्ययन अनुगमन गर्ने थलोको रुपमा पहिचान हुन थालेको नाटेश्वरीका पूजारी पर्वत शाहीको भनाई छ । १८७२ देखि सरकारी टोली बडिमालिका हुंदै नाटेश्वरी पुगेर बलीदिने प्रचलन छ । तत्कालिन राजा महाराजा तथा सेनाले चढाएका घन्ट र शिलालेखले एक अलौकिक क्षेत्रको धार्मिक महत्व झल्किन्छ । बडिमालिकाको पुजारी नेत्र प्रसाद पाध्याय भन्छन स्कन्दपुराण मानस खण्डका अनुसार कालिका देबीले राक्षषको बद् गरिसके पछि माताको क्रिडास्थल अथवा नृत्यस्थलीका रुपमा नाटेश्वरीको विकास भएको उल्लेख छ।

बैद्येनाथ, पञ्चपुरी हुंदै खलाखेत छतारा, बुढिमाइ त्रिबेणीमा जाग्रामवसी स्नानधान गरी लौरिविनायक हुंदै बडिमालिका पुग्ने । बडिमालिका पुगेको भक्तजनले विष्नुपानी, धल्परी ,(ब्रमसार) नाटेश्वरी मालिकेश्वर महादेब मौरे हुंदै दिल्पेश्वर महादेब डोटी पुगेपछि बडिमालिका नाटेश्वरी यात्रा पुरा भएको मान्ने प्रचलन छ । शुदुपश्चिम प्रदेशकै बहुसरोकारको धार्मिक पुरातात्यि प्राकृतिक सम्पदा भएको बडिमालिका नाटेश्वरी क्षेत्र संरक्षण सम्वद्र्धन गर्न सबैको पहल हुनआवस्यक छ नगर प्रमुख थापाले भन्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार