• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • प्रहरी समायोजन नगरे विकल्प चाहिन्छः मुख्यमन्त्री शाह

प्रहरी समायोजन नगरे विकल्प चाहिन्छः मुख्यमन्त्री शाह

  • बुधबार, अशोज ३०, २०८१
प्रहरी समायोजन नगरे विकल्प चाहिन्छः मुख्यमन्त्री शाह

धनगढी–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रहरी समायोजन हुनुपर्ने बताएका छन्। मुख्यमन्त्री शाहले संघीय सरकारले बनाउनुपर्ने प्रहरी समायोजनको महत्वपूर्ण कानुन नबनेका कारण काम गर्न समस्या भइरहेको बताए। ६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा प्रहरी समायोजन नगर्नुको कारणबारे नेतृत्वले स्पष्ट पार्नुपर्ने बताए।

संघले बनाउनुपर्ने कानुन नबनाउदा विकल्प खोज्नुपर्ने बेला आएको उनको भनाई छ। प्रहरी समायोजन हुन्छ कि हुदैन नेतृत्वले जवाफ दिनुपर्ने उनले बताए। हुँदैन भने विकल्प सोच्नुपर्ने उनको भनाई छ।

चर्चामा

सम्बन्धित समाचार