मङ्लबार, अशोज २९, २०८१
  • होमपेज
  • बजार
  • दशैंपछि तोलामा १४०० बढ्यो सुन

दशैंपछि तोलामा १४०० बढ्यो सुन

  • मङ्लबार, अशोज २९, २०८१
दशैंपछि तोलामा १४०० बढ्यो सुन

दशैंपछि सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।

असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ ।

चर्चामा

सम्बन्धित समाचार