मङ्लबार, अशोज २९, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको पर्यटन सम्बन्धि नगरपालिकाद्धारा सरोकारवालाहरुसंग छलफल

बाजुराको पर्यटन सम्बन्धि नगरपालिकाद्धारा सरोकारवालाहरुसंग छलफल

  • मङ्लबार, अशोज २९, २०८१
बाजुराको पर्यटन सम्बन्धि नगरपालिकाद्धारा सरोकारवालाहरुसंग छलफल

बाजुरा– बाजुराको पर्यटन सम्बन्धी सरोकारवालाहरुसंग छलफल गरिएको छ । बडिमालिका नगरपालिकाको आयोजनामा जिल्लामा उपलब्ध बिभिन्न निकायहरु संग छलफल गरिएको हो । अमेरीकी नागरिक पर्यटनउद्यमी तथा ईन्जिीयर जिम्मेरी ओरेल्लीको प्रमुख आथित्यमा बाजुराको पर्यटन बिकास तथा सम्भावना सम्बन्धी छलफल गरिएको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताए ।

पर्यटन उद्यमी तथा ईन्जिीनियर जिम्मेरी ओरेल्लीले बाजुराको पर्यटन गन्तब्यको बारेमा जानकारी लिनुका साथै आफुले बाजुराको पर्यटन क्षेत्रमा सहयोग गर्ने बताएका छन । ४७ बर्ष पहिला आफु बाजुरामा बसेको र बाजुरासंगको आफ्नो सम्बन्ध दिर्घकालीन बनाउन आफु पर्यटन ब्यबासयी भएका कारण बाजुराको पर्यटन क्षेत्रमा सहयोग गर्ने बताएका छन ।
छोराहरुसंगै बाजुरा पुगेका ओरेल्ली आफ्ना दुई छोराहरु संगै ४७ बर्ष पछि बाजुरा भम्रणमा रहेका छन । उनका छोरा बिरेन ओरेल्ली र सिन ओरेल्ली सगै ल्याएर बाजुरा पुगेका उनले बाजुराको मायाले फेरी यहाँ आएको छु आफु  पर्यटन ब्यवासायीका नाताले बाजुराको पर्यटन क्षेत्रमा  सहयोग गर्ने ईच्छा रहेको बताए । उनले ३५ बर्ष पहिला बडिमालिका नगरपालिका वडा न २ भौनेरामा झोलुङ्गे पुल बनाउने क्रममा ईन्जीनियरको रुपमा काम गरेको बताएका छन ।
बडिमालिका नगरपालिका उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि अमेरीकी नागरिक पर्यटनउद्यमी तथा ईन्जिीयर जिम्मेरी ओरेल्ली रहेका थिए । कार्यक्रममा वडाअध्यक्षहरु नागरिक अगुवा, होटल ब्यवासायी, पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बाजुराको पर्यटन गन्तब्य सम्बन्धी जानकारी वाईल्ड बाजुराका प्रतिनिधीले जानकारी गराएका थिए भने बाजुराको पर्यटन बिकाश सम्भावना र चुनौतीका बारेमा नगरपालिकाका तर्फबाट राम बहादुर खत्रीले सहजीकरण गरेका थिए। कार्यक्रमको संचालन नगरपालिकाका क्रमचारी कृष्ण खड्काले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार