मङ्लबार, अशोज २९, २०८१
  • होमपेज
  • समाज
  • लागूऔषधसहित होटल सञ्चालक पक्राउ

लागूऔषधसहित होटल सञ्चालक पक्राउ

  • मङ्लबार, अशोज २९, २०८१
लागूऔषधसहित होटल सञ्चालक पक्राउ

दार्चुला— जिल्ला सदरमुकाम खलंगाबाट लागूऔषधसहित होटल सञ्चालक पक्राउ परेका छन् । आइतबार महाकाली नगरपालिका–४ राधाकृष्ण चोकबाट लागूऔषधसहित दुहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलमसिंह डडाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार राधाकृष्ण चौकसस्थित कलमसिंहले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट ५३.४० ग्राम र डडालको विधानगर टोलस्थित घरबाट थप १०.४६ मिलिग्राम गरी कुल ६३.८६ ग्राम लागूऔषधसहित डडाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार