मङ्लबार, अशोज २९, २०८१
  • होमपेज
  • बडिमालिका
  • राष्ट्रपति पौडेल कार्तिक १ गते बाजुरा आउदै

राष्ट्रपति पौडेल कार्तिक १ गते बाजुरा आउदै

  • सोमवार, अशोज २८, २०८१
राष्ट्रपति पौडेल कार्तिक १ गते बाजुरा आउदै

बाजुरा– राष्ट्रपति रामचन्द्र पौडेल जिल्लाको धार्मिक तथा पर्यटीकय क्षेत्र बडीमालिकाको दर्शन र त्रिवेणी नगरपालिका ७ मा रहेको नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि बाजुरा आउने भएका छन् ।

असोज २१ गते देशमा केहिदिन यताको अविरल वर्षासंगै आएको बाढीले जनधनको ठुलो क्षति भएपछी स्थगित भएको कार्यक्रमकाे पुन: मिति तए भएको छ । त्रिवेणी नगरपालिकाको निमन्त्रणामा राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् । बडीमालिकाको दर्शनसंगै पर्यटकीयका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि जिल्लामा आउन लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई त्रिवेणी नगरपालिकाको निमन्त्रणामा नाटेश्वरी समुद्घाटन गर्ने र सोही अवसरमा बडीमालिकाको दर्शन गर्ने कार्य तय भइरहेको बताए । द्घाटन कार्यक्रममा सम्पूर्ण नागरिकहरुलाई सहभागि भईदिन नगरपालिकाले अनुरोधको त्रिवेणी नगरपालिकाका नगर प्रमुखका स्वकीय खेमराज गिरीले सामाजिक संजाल फेसवुक मार्फत जानकारी गराएका छन् ।

May be an image of 1 person and text

चर्चामा

सम्बन्धित समाचार