• होमपेज
  • बडिमालिका
  • जिल्लाको शान्ति सुरक्षा ब्यवस्थित गर्न सबैले सहयोग गर्ने प्रतिबद्धता

जिल्लाको शान्ति सुरक्षा ब्यवस्थित गर्न सबैले सहयोग गर्ने प्रतिबद्धता

  • बुधबार, अशोज २३, २०८१
जिल्लाको शान्ति सुरक्षा ब्यवस्थित गर्न सबैले सहयोग गर्ने प्रतिबद्धता

बाजुरा– दशै तिहार जस्ता पर्वमा हुने घटना हुन नदिन सर्बदलिय सर्बपक्षिय सहमती जनाएका छन । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा बसेको दशै तिहार लक्षित बैठकमा यस्ता घटना हुन नदिन सबैले साझा सहमिती गरेका हुन । जिल्लाका कुनै पनि ठाउँमा जुवातास खेल्ने, मदिरा सेवन गरि सामाजमा डर त्रास उत्पन्न गर्ने ब्यक्ती प्रक्राउ परेमा कुनै पनि राजनितक दलले त्यस्ता ब्यक्तीको बचाउ नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

नसाजन्य बस्तु सेवन तथा ओसार पसार गरेको, मदिरा सेवन गरि होहल्ला र हिंसाआत्मक कार्य गर्ने गराउने तथा जुवा तास सट्टाबाजी लगायतका खेल खेल्ने र खेलाउने सबैलाई कानुनी दायरामा ल्याउन राजनितक दल सुरक्षाकर्मी नागरिक समाज लगायतले सर्बदलिय, सर्बपक्षिय एकताबद्ध रुपमा सहमती भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताए । बडा दशै तथा तिहारको अवसरमा शुभकामना आदान प्रदान संगै जिल्लाको सुरक्षा ब्यबस्थालाई अझ मजबुद कसरी बनाउने भन्ने बिषयमा गहन छलफल गरि केही दस्ताबेज सहित निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।

प्रमुख जिल्ला अधिकारी भेघनाथ पाध्याको अध्यक्षतामा बसेको सर्वदलिय, सर्बपक्षिय बैठकमा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष लाल बहादुर ओली, नेकपा एमाले बाजुराका सचिव काशी विक, नेपाली काग्रेसका प्रतिनिधी प्रकाश रावल, नेबिसघ बाजुराका अध्यक्ष जनक थापा लगायतका राजनितिक दलका प्रतिनिधी सुरक्षा निकायका प्रमुखहरु उध्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकाया, पत्रकार, यातायात ब्यवासायी लगायतको बैठकमा उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार