बाजुरा– दशै तिहार लगायतका पर्बको अवसरमा जिल्लाको शान्ति सुरक्षामा खलल नपुर्याउन जिल्ला प्रशासन कार्यालय बाजुराले अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले सार्बजनिक सुचान जारी गर्दै जिल्लाबासी सम्पुर्णले शान्ती अमनचयन तथा सुरक्षामा खलल् पुर्याउने कार्य नर्गन नगराउन अपिल गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको हस्ताक्षेरीत सार्बजनिक सुचानाअनुसार दशै तिहारको अवसरमा समाजमा यस्ता गतिबिधी गरेको खण्डमा काननु बमोजिम कार्बाही गरिने उल्लेख गरिएको छ । समाजमा यस्ता सामाजिक सुरक्षामा खलल् पुर्याउने कार्य भईरहेको खण्डमा नजिको प्रहरीलाई खवर गर्न अनुरोध गरिएको छ ।