• होमपेज
  • देश
  • गैसस महासघ बाजुराद्धारा शुभकामना आदान प्रदान

गैसस महासघ बाजुराद्धारा शुभकामना आदान प्रदान

  • आइतवार, अशोज २०, २०८१
गैसस महासघ बाजुराद्धारा शुभकामना आदान प्रदान

बाजुरा– गैर सरकारी संस्था महासंघ बाजुराले बिजयादशै तथा दिपावली र छटपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम मार्तडी एक औपचारीक रुपमा संचाल गरि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
गैर सरकारी संस्था महासघ बाजुराका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका बिषिष्ठ अतिथि बडिमालिका नगरपालिका वडा न २ का वडा अध्यक्ष डम्मर महत र ८ का वडा अध्यक्ष चन्द्र थापा रहेका थिए ।

No description available.
कार्यक्रममा गैरसरकारी संस्था महासंघ लगायत कार्यक्रममा उपस्थित सबैले एक आपसमा बिजया दशै, शुभ दिपावली तथा छट पर्वको शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमा स्थानिय तहका जनप्रतिनिधी, गैसस महासघका पदाधिकारी, गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार