• होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुरामा रहेकाे अक्सिजन पलान्टमा समस्या, एक महिनादेखी अक्सिजन अभाव

जिल्ला अस्पताल बाजुरामा रहेकाे अक्सिजन पलान्टमा समस्या, एक महिनादेखी अक्सिजन अभाव

  • आइतवार, अशोज २०, २०८१
जिल्ला अस्पताल बाजुरामा रहेकाे अक्सिजन पलान्टमा समस्या, एक महिनादेखी अक्सिजन अभाव

बाजुरा– जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेशीनमा खरावी आएपछी अक्सीजन अभाव भएको हो ।
पलान्टमा खरावी आएपछि जिल्ला अस्पताल बाजुरामा रहका अक्सिजन सिलिण्डरहरु रित्तिएका जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताए । एक महिनादेखी अक्सिजन पलान्ट  बन्द भएको र हाल जिल्ला अस्पतालमा अक्सिजन लगाउनुपर्ने बिरामीहरुका लागि बयालपाटाबाट ल्याउनुपर्ने बाध्यता रहेकाे सुचना अधिकारी गिरीले बताए ।
एक महिना अगाडी बिग्रीएको मेशीन मर्मतका लागि कम्पनीलाई पटक पटक बोलाउदा पनी नआएको र अग्रिम भुक्तानी माग गरेका कारण मर्मतमा ढिलाइ भएको अस्पताल बाजुराले जनाएको छ । सुदुरपश्चिम सरकारको बजेट ढिला आएको र अस्पतालको आन्तरीक श्रोतबाट मर्मत गर्न नसकिने भएका कारण मर्मतमा ढिलाइ भएकाे अस्पताल बाजुराले जनाएको छ ।

सुदुरपश्चिम सरकारकाे  यस आर्थिक बर्षको बजेट कार्यन्वयनको पक्षमा भर्खर गएकोले दशै लगत्तै मर्मत गरिने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।  जिल्ला अस्पतालमै भर्ना भएर उपचारमा रहेका बिरामीहरुका लागि भने पाइपबाटै सिधै दिन मिल्ने  र  एम्बुलेन्स सहित रेफर गरिने बिरामीहरुका लागि समस्या हुने गरेकाे सुचना अधिकारी गिरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार