बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा अवरुद्ध इन्टरनेट र विद्युत सेवा सुचारु

बाजुरामा अवरुद्ध इन्टरनेट र विद्युत सेवा सुचारु

  • बिहिबार, अशोज १७, २०८१
बाजुरामा अवरुद्ध इन्टरनेट र विद्युत सेवा सुचारु

बाजुरा —बाजुरा जिल्लामा तीन दिनदेखि अवरुद्ध इन्टरनेट सेवा सुचारु भएको छ । जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको भरपर्दो तथा गुणस्तरीय इन्टरनेट सेवा अप्टिकल एनटी फाइवर नेट सेवा अवरुद्ध भएको तीन दिनपछि पुनः सुचारु भएको हो ।

१५ गते दिउँसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको थियो ।
बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तर्गत नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्युतको लाईन विस्तार गर्ने क्रममा इन्टरनेट सेवाको तार चुटाएपछि जिल्लाभर इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

नेपाल टेलिकम बाजुरा शाखा कार्यालयका अनुसार चुडिएको तार जडान गर्न प्राविधिकको टोली धनगढीबाट आउनुपर्ने हुँदा सेवा सुचारु गर्न केहि ढिलाई भएको हो । हिजोदेखि सो ठाउँमा मर्मत गरेपछि आज साँझ मात्रै पुनः इन्टरनेट सेवा सुचारु भएको जनाएको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले विना जानकारी विद्युतको लाइन मर्मत कार्य गरेर इन्टरनेटको तार चुडाएको भन्दै जाँचबुझ गरेर कारवाही गरिने बताएका छन् । दशैंको मुखैमा इन्टरनेट सेवा अवरुद्ध भएपछि सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयसंगै बैक तथा वित्तिय संस्थाहरुका दैनिक कामकाज प्रभावित भएको थियो ।

त्यस्तै बुधवार दिनभर अवरुद्ध राष्ट्रिय प्रसारण लाईनको विद्युत सेवा पनि सुचारु भएको छ । अछाम वितरण केन्द्रले सेवा क्षेत्रभित्र विस्तार गरिएको लाइन अन्तर्गत रुखका हाँगा तथा काठहरु काट्ने काम भइरहेकाले आज बाजुरामा पनि विद्युत सेवा अवरोध भएको थियो । इन्टरनेट र बिद्युत संचालन पछि विभिन्न कार्यालयसंगै ब्यक्तिगत कामकाजमा समेत सहज भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार