• होमपेज
  • राजनीति
  • दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियो- रास्वपा

दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियो- रास्वपा

  • आइतवार, अशोज १३, २०८१
दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियो- रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार प्राकृतिक विपत्तिको तयारीमा चुकेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी कार्यालय चमतीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सरकार रास्वपा सभापति रवि लामिछानेलाई आरोप लगाउन केन्द्रित हुँदा विपत्तिको सामना गर्न चुकेको दाबी छ ।

पार्टी प्रवक्ता मनिस झाका अनुसार सरकार, गठबन्धन, गठबन्धन आबद्ध दल र राजनीतिक कार्यकर्ताले रास्वपा, रवि र सहकारी बाहेक अरू केही नसोच्दा यो समस्या आएको हो । यता रास्वपा सांसद गणेश पराजुली पनि दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदिएको दाबी गर्छन् ।

उनले खबरहबलाई भने, ‘दुई तिहाइको सरकार जनतापट्टि बन्दै गम्भीर भएन । दुई दिनको पानीले दुई तिहाइ सरकारको औकात देखाइदियो । पराजुलीका अनुसार केन्द्रीय समिति बैठकमा सरकारको काम प्रति सबैले असन्तुष्टि व्यक्त गरे ।

जोखिम हुने कुरा थाहा हुँदा हुँदै पनि पूर्व तयारीको साटो सरकार भाषण छाँटेर हिँडेको प्रवक्ता झा को तर्क छ ।

चर्चामा

सम्बन्धित समाचार