• होमपेज
  • राजनीति
  • उद्धार र राहत वितरणमा परिचालित हुने एमालेको निर्णय

उद्धार र राहत वितरणमा परिचालित हुने एमालेको निर्णय

  • आइतवार, अशोज १३, २०८१
उद्धार र राहत वितरणमा परिचालित हुने एमालेको निर्णय

काठमाडौं — नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको हो ।

‘सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिइएको छ’, विपद व्यवस्थापन विभागका प्रमुख खिमलाल भट्टराईले भने ।

उनका अनुसार उद्धार, राहत वितरण र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ । आइतबार सरकारले बोलाएको सर्वदलीय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीका तर्फबाट सुझावहरु राख्नेछन् ।

एमालेले आगामी १६ असोजसम्म शुभकामना आदानप्रादनहरु स्थगित गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार