• होमपेज
  • बुढीगंगा
  • दुधिर आधारभुत बिध्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

दुधिर आधारभुत बिध्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

  • शनिबार, अशोज १२, २०८१
दुधिर आधारभुत बिध्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

बाजुरा–  बुढिगंगा नगरपालिका वडा न ९ मा रहेको दुधिर आधारभुत बिध्यालयका विपन्न तथा असाय बबालबालिकालाई न्यानो लुगा, बिध्यालय झोला तथा स्टेशनरी बितरण गरिएको छ । बिध्यालयमा आयाेजित एक कार्यक्रमका बिच साे साम्रगी बितरण गरिएकाे हाे । बडिमालिका फाउण्डेशन नेपालको समन्वय सहकार्य र नेपाल राईजिङको सहयोगमा न्यानो लुगा झोला तथा स्टेशनरी साम्रगी वितरण गरिएको  बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष पदम बहादुर सि‌ंहले बताएका छन ।

No description available.

दुधिर आधरभुत बिध्यालयका मात्र ९१ जना बालबालिकाहरुलाइ बिध्यालय पोशाक, झोला र ९६ जना   बिध्यार्थीलाई स्टेस्नरी गरि १८७ जना बिध्यार्थीहरुलाइ सामाग्री बितरण गरिएको बडिमालिका फाउण्डेशन नेपालका उपाअध्यक्ष  सिहंले बताएका छन् । नेपाल राईजिङसंगकाे सहयाेग तथा बडिमालिका फाउण्डेशन नेपालको समन्वय सहकार्यमा बिगत लामो समय देखी बाजुराका बिभिन्न ठाउँमा भुकम्प प्रभाबित र बिपन्नहरुलाई खाध्यान्न लुगाकपडा लगायत सहयोग गर्दै आएको फाउण्डेशनका उपाअध्यक्ष सिंहले बताएका छन ।

No description available.

दुधिर आधरभुत बिध्यालयकी प्राधानाध्यापक चन्दकला शाहले  बिध्यालयमा गरेकाे सहयाेगले बालबालिका अध्यानमा थप हाैसला प्रदान गरेकाेमा बडिमालिका फाउण्डेशन नेपाल र नेपाल राईजिङलाइ धन्यवाद ब्यक्त गरेकी छन । न्यून आय भएका अभिभावकका बालबालिका अध्ययन गर्ने बिध्यालय रहेको र बिध्यालयमा सहयोग गरेकोमा बिध्यालय ब्यबस्थापन समिति लगायत बिध्यालयले नेपाल राईजीङ र बडिमलिका फाउण्डेनलाई धन्यबाद समेत ब्यक्त गरेकाे छ । शैक्षिक साम्रगीले दुधिर आधारभुत बिध्यालयका  बालबालिकाहरुका लागी धेरै राहत भएको बिध्यालयका शिक्षक दिपेन्द्र सिंहले बताए ।

No description available.

नेपाल राईजिङले यस अघि पनि बिभिन्न ठाउँमा भुकम्प प्रभाबित र बिपन्नहरुलाई खाध्यान्न लुगाकपडा लगायत सहयोग गर्नुका साथै बाजुराका बिपन्न तथा असायहरुकाे सहयाेगका लागि नेपाल राईजिङले बिभिन्न सहयाेगका कार्य गर्दै आएकाे बडिमालिका फाउण्डेशनका सचिव लक्ष्मीराज  पाध्यायले बताए । साेही क्रममा यतिबेला दुधिर आधारभुत बिध्यालयमा पनि सहयाेग गरेकाे उनले बताए ।

No description available.

चर्चामा

सम्बन्धित समाचार