• होमपेज
  • राजनीति
  • राजनीतिक स्थायीत्वका लागि काँग्रेस एमाले बिच सहकार्य गरियाे : ज्ञवाली

राजनीतिक स्थायीत्वका लागि काँग्रेस एमाले बिच सहकार्य गरियाे : ज्ञवाली

  • शनिबार, अशोज १२, २०८१
राजनीतिक स्थायीत्वका लागि काँग्रेस एमाले बिच सहकार्य गरियाे  : ज्ञवाली

बाजुरा– नेकपा (एमाले) का उपमहासचिव एवंम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मुलुकको आवश्यकता र चाहानाले नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा  नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

तत्कालीन सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिमा बैमान गर्दा देश दुर्घटनातिर जान खोज्दा नेपालका दुई ठुला दल मिलेर देशको संकट निराकरण गर्न नया समिकरण गरिएको  नेता ज्ञवालीले बताए ।  ठुला दलहरुलाई पालैपालो खेलाएर आफु प्रधानमन्त्री भईराख्ने प्रचण्डको योजना र देशमा विषम परिस्थितिको सिर्जना हुने अवस्था आउने भएपछि एमाले र काँग्रेस मिलेर सरकार बनाउन पुगेको बताएका छन् । देशमा संकट आउँदा विभिन्न कालखण्डमा एमाले र काँग्रेस मिलेर नै हल गरेको स्मरण गराउदै यो सरकार बन्दा विभिन्न चरणमा घनीभूत छलफल भएर मात्र सरकार निर्माण भएको बताएका छन ।

प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलन कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कणर्बहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश कमिटी उपाअध्यक्ष काली बहादुर शाही लगायत एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली सहितको सहभागीता थियो ।

चर्चामा

सम्बन्धित समाचार