• होमपेज
  • स्वामिकार्तिक खापर
  • कृषि प्रवद्र्धन भवन निर्माणका लागि त्रिपक्षीय सम्झौता

कृषि प्रवद्र्धन भवन निर्माणका लागि त्रिपक्षीय सम्झौता

  • शनिबार, अशोज १२, २०८१
कृषि प्रवद्र्धन भवन निर्माणका लागि त्रिपक्षीय सम्झौता

बाजुरा– जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका– २ मुक्तिकोटमा कृषि प्रवद्र्धन भवन निर्माणका लागि शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,भारतीय राजदुताबास र स्वामीकार्तिक खापर गाउँपालिका बीच भवन निर्माण कार्यका लागि सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन ।

उनले दिएको जानकारी अनुसार मुक्तिकोटमा खाद्य र नुन विक्री गर्ने र स्थानीय उत्पादन बेच्ने गरी भारतीय राजदुतावासको पाँच करोडको लगानीमा भवन निर्माण गर्न लागिएको बताए । १५ महिनाभित्र निर्माण कार्य सक्ने गरी त्रिपक्षीय सम्झौता भएको गाउँपालिकाका अध्यक्ष रोकायाले बताएका छन् ।

पालिकामा परियोजना संचालन गर्नका लागि सहयोग गर्ने भारतीय दुतावासका ईन्जिनियर आशिस सिन्हा, पूर्व राज्यमन्त्री जनकराज गिरी, ईन्जिनियर शिव भट्टराई, सुर्य पाण्डे लगायतलाई अध्यक्ष रोकायाले धन्यवाद दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार