शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • राष्ट्रपति पौडेल नाटेश्वरी मन्दिर उद्घाटन गर्न बाजुरा आउने

राष्ट्रपति पौडेल नाटेश्वरी मन्दिर उद्घाटन गर्न बाजुरा आउने

  • शुक्रबार, अशोज ११, २०८१
राष्ट्रपति पौडेल नाटेश्वरी मन्दिर उद्घाटन गर्न बाजुरा आउने

बाजुरा–  राष्ट्रपति रामचन्द्र पौडेल जिल्लाको धार्मिक तथा पर्यटीकय क्षेत्र बडीमालिकाको दर्शन र त्रिवेणी नगरपालिका ७ मा रहेको नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि बाजुरा आउने भएका छन् । त्रिवेणी नगरपालिकाको निमन्त्रणामा राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् । बडीमालिकाको दर्शनसंगै पर्यटकीयका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि जिल्लामा आउन लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेल यही असोज २१ गते आउने कार्य तालिका रहेको राष्ट्रपति कार्यालयका प्रेस संयोजक खिलराज कार्कीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार राष्ट्रपति पौडेललाई त्रिवेणी नगरपालिकाको निमन्त्रणामा नाटेश्वरी समुद्घाटन गर्ने र सोही अवसरमा बडीमालिकाको दर्शन गर्ने कार्य तय भइरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार