बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • पीसविन नेपालको ३२ औँ बार्षिक साधारण सभा सम्पन्न

पीसविन नेपालको ३२ औँ बार्षिक साधारण सभा सम्पन्न

  • बिहिबार, अशोज १०, २०८१
पीसविन नेपालको ३२ औँ बार्षिक साधारण सभा सम्पन्न

बाजुरा–  पीसविन नेपालको ३२ औ बार्षिक साधारण सभा तथा ३५ औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । बाजुरा सदरमुकाम मार्तडीमा रहेको सस्थाको केन्द्रिय कार्यालयमा एक भब्य कार्यक्रमका बिच बिहिबार सम्पन्न भएको हो । ३५ बर्ष पहिला साविकको आटिचौर गाउँविकास समितिको ओली गाउँमा स्थापना भएको पीसविन बाजुरा नामक सस्था हाल आएर देशका बिभिन्न जिल्लामा काम गरिरहेको छ ।
पहिला बाजुरा जिल्लामा मात्र कार्यक्षेत्र भएको पीसविन बाजुरा हाल पीसविन नेपालको नामले परिचित रहेको छ । पीसविन नेपाललले शिक्षा, स्वास्थ्य कृषि बालबालिका महिला दलित अपाङ्ग, लगाएका क्षेत्रमा काम गरिरहेको पीसविन नेपालकी अध्यक्ष विमला थापाले बताईन ।
बार्षिक साधारण सभाको उद्धघाटन बडिमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्काले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले पीसविकको योग्दानको उच्च सम्मान रहेको बताए । स्थानिय सरकार र पीसविन नेपालको सहकार्यमा जिल्लाको शिक्षा, स्वाथ्य रोगजारी, विकास निर्माण लगाएका विषयमा सहकार्य थप मज्बुद पारेर लैजानुपर्ने बताए । आफु पनि पीसविन नेपालको सस्था मार्फत समाजिक सेवा प्रबेश गर्दै नगर प्रमुखकाे भुमीकामा आउन सफल रहेको बताए । पीसविनले संचार, राजनैतिक, समाजिका सेवा, लगाएको विकासमा ठुलो भुमीका रहेको बताए ।
पीसविन नेपालकी अध्यक्ष बिमला थापाले पीसविन नेपाल एक गैर सरकारी सस्था हो निश्चित समयको लागि सहयोगी दाताको सहयोगमा गाउँस्तरमा सुरु गरेका काम संरक्षण नहुदा अलपत्र पर्ने अवस्थामा रहेकोले स्थानिय सरकारले त्यसको जिम्मेवारी लिनु पर्ने बताईन । बाजुरा जिल्लामा संचार क्षेत्रको स्थापना देखी नागरिक सरोकार मानव अधिकारको क्षेत्रमा काम गर्ने अगृणी सस्थाका रुपमा पीसविन नेपाल रहेको छ ।

पीसविन नेपालका अध्यक्ष विमला थापाको अध्यक्षतामा सैचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकालका नगर प्रमुख अम्मर खड्का थिए । बिशिष्ट अतिथि बडिमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापा अतिथिहरुमा बाजुरा जिल्लाका सहयाक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल बडिमालिका नगरपालिकाका वडा अध्यक्षहरु रहेका थिए । त्यस्तै गैर सरकारी महासघका अध्यक्ष कृष्ण अधिकारी उद्योग बाणिज्य सघका अध्यक्ष देवबहादुर रोकाय जिल्ला स्थित सरकारी तथा गैर सरकारी सस्थाका प्रतिनिधिहरुको सस्थाका साधारण सदस्य र कर्मचारीहको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सरिता नेपालीले गरेकी थिईन ।

चर्चामा

सम्बन्धित समाचार