बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • लेखाका २६ जना उपसचिवको सरुवा (सूचीसहित)

लेखाका २६ जना उपसचिवको सरुवा (सूचीसहित)

  • बिहिबार, अशोज १०, २०८१
लेखाका २६ जना उपसचिवको सरुवा (सूचीसहित)

लेखातर्फका २६ जना उपसचिव सरुवा भएका छन् । महालेखा नियन्त्रक कार्यालयले २६ जना उपसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयहरुमा नयाँ उपसचिवहरु खटिएका छन् । लेखातर्फको उपसचिवसहित उपमहालेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रकहरुको सरुवा भएको छ ।

लेखा समूहका कर्मचारीको सरुवा व्यवस्थापन महालेखाले नै गर्ने गरेको छ । निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ ।

त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हुन्छ । तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।

देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयहरुबाट कर्मचारीहरु सरुवा गर्ने गरिन्छ । अहिले संघीय मन्त्रालय र कार्यालयमा लेखामा कार्यरतहरु पनि सरुवाको प्रतिक्षामा छन् । लेखा अन्तरगत हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् ।

महालेखाले लेखा तथा कोष अधिकृतसहित लेखापालहरुको नियमित सरुवा गरेको छैन । बितेको आर्थिक वर्षको हिसाब भिडानको काम समयमै नसकिंदा वर्षैसाल लेखाका कर्मचारीको सरुवामा ढिलाइ हुने गरेको छ । तर, यसपटक महालेखा नियन्त्रक कार्यालयले केही उपसचिवको सरुवा भने छिट्टै गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार