बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृषि उपज केन्द्र प्रयोगमा नआउँदा बजारका सडक पेटीमा कृषक

कृषि उपज केन्द्र प्रयोगमा नआउँदा बजारका सडक पेटीमा कृषक

  • बिहिबार, अशोज १०, २०८१
कृषि उपज केन्द्र प्रयोगमा नआउँदा बजारका सडक पेटीमा कृषक

बाजुरा– बाजुरामा कृषि उपज केन्द्र प्रयोगमा नआएका कारण कृषकहरु सडक पेटीमा स्याउ लगायतका फलफुल तथा तरकारी बेच्दै आएका छन । सदरमुकाम मार्तडीमा बनेको कृषि उपज केन्द्र संचालनमा नआउदा सो समस्या भएको हो । २०८१ साउनमै कृषि उपज केन्द्रका लागि संरचनाहरु बनेर संचालनमा ल्याने भनिए पनि सञ्चालनमा ढिलाई भएको पाईएको छ ।

No description available.
जिल्ला सदरमुकाम मार्तडीमा बडिमालिका नगरपालिका र सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयको करोडौंको लागनीमा संरचना बनेको भए पनि संचालनमा नआउदा कृषकले उत्पादन गरेका फलफुल तथा तरकारी बजारका पेटीमा राखेर बिक्री गर्नुपरेको कृषकहरु बताउछन । संरचना बनेपनि सञ्चालन नहुँदा यतिबेला स्याउ किसानहरुले सडक पेटीमा बसेर स्याउ बेच्दै आएका देखिन्छन ।

No description available.
जिल्लाको पुर्वीउत्तरी भेगका पालिकामा उत्पादन भएका स्याउले यतिखेर सदरमुकाम मार्तडी भरिभराउ छ । मार्तडी बजारका सबै सडक पेटी तथा गल्लीमा स्याउका कट्टा राखेर कृषकहरु बिक्री गर्दै आएका छन् । एकातिर मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा बोकेर मार्तडी पुगाउनुपर्ने र अर्कोतिर बिक्री गर्ने ठाउँ व्यवस्थित नहुँदा समसया भएको स्याउ कृषकहरुले गुनासो गरेका छन् । मार्तडीको सडक पेटीमा बसेर स्याउ बिक्री गर्ने कृषकलाई खानेपानी तथा शौचालयको व्यवस्था छैन् । मूल्यमा समेत एकरुपता हुन नसकेको उनीहरुले बताएका छन् ।

No description available.
समयमै कृषि उपज केन्द्र सञ्चालनमा आए जिल्लाका किसानहरुको बारीमा उत्पादन हुने कृषि उपज भण्डार तथा बिक्री वितरणमा ठुलो सहयोग पुग्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापाले केहि महिना अगाडीे सामग्री खरिद तथा जडान गरेर यस बर्षको दशै अगाडि नै सञ्चालनमा ल्याएर कृषकहरुले उत्पादन गरेका वस्तुहरुलाई संकलन गरेर बिक्री वितरणलाई व्यवस्थित बनाउने तयारी रहेको बताए पनि अहिलेसम्म अलपत्र अवस्थामा छ ।

चर्चामा

सम्बन्धित समाचार