बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • राजनीति
  • सहकारी प्रकरणमा रास्वपाका नेताहरूकाे एकैस्वर : रविमाथि राजनीतिक प्रतिशोधको प्रतिकार गर्छौँ

सहकारी प्रकरणमा रास्वपाका नेताहरूकाे एकैस्वर : रविमाथि राजनीतिक प्रतिशोधको प्रतिकार गर्छौँ

  • बिहिबार, अशोज १०, २०८१
सहकारी प्रकरणमा रास्वपाका नेताहरूकाे एकैस्वर : रविमाथि राजनीतिक प्रतिशोधको प्रतिकार गर्छौँ

काठमाडौं- चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका छन् ।

१० दिनको भ्रमणमा चीन गएका रास्वपाका नेताहरु सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सम्भावना बढेको भन्ने हल्लापछि बिहीबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएपछि रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले अरुलाई जोगाउन आफ्ना सभापतिलाई रवि लामिछानेलाई मात्रै टार्गेट गर्न खोजिएको दाबी गरे।

उनले कुनै पनि राजनीतिक प्रतिशोधको पार्टीले कडा रुपमा प्रतिकार गर्ने पनि बताएका छन् ।

व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट लामिछानेले रकम नलिएको छानबिन समितिले नै प्रष्ट उल्लेख गर्दा पनि जबरजस्ती अपराधी बनाउन खोजिएको जिकिर उनले गरे ।

झाले सहकारी प्रकरण, पछिल्लो राजनीतिक अवस्थाबारे शुक्रबार पत्रकार सम्मेलन गरि आधिकारिक धारणा तय गर्ने जानकारी दिएका छन् ।

त्यस्तै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको भएकाले प्रतिकार गर्ने स्पष्ट पारे ।

वाग्लेको नेतृत्न्वमा १४ जना रास्वपा नेताहरू शनिबार चीन भ्रमणमा गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार