बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराकाे स्वामिकार्तिकबाट भरुवा बन्दुक सहित २ जना पक्राउ

बाजुराकाे स्वामिकार्तिकबाट भरुवा बन्दुक सहित २ जना पक्राउ

  • बिहिबार, अशोज १०, २०८१
बाजुराकाे स्वामिकार्तिकबाट भरुवा बन्दुक सहित २ जना  पक्राउ

बाजुरा–  बाजुरामा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ का बर्ष ४० का धिरेन्द्र शाही र सो ही ठाउँका ३० बर्षिया रमेश शाही रहेका छन ।

असोज ९ गते इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट खटि गएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा घर तथा वारिमा खाँनतलासी गर्दा धिरेन्द्र शाहीको घर नजिक, घर तथा संकासपद स्थान नजिकै रहेको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा अबैध भरुवा बन्दुक थान -१ र सोही ठाउँ बस्ने  रमेश शाहीको छानो (गोठ) भित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध भरुवा बन्दुक थान-१ फेला पारी उक्त बन्दुक बरामद गरी हातहतियार सहित नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

कोसो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार