बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक गाउँपालिकाद्धारा आमा पहिलो कार्यक्रम संचालन

स्वामिकार्तिक गाउँपालिकाद्धारा आमा पहिलो कार्यक्रम संचालन

  • बिहिबार, अशोज १०, २०८१
स्वामिकार्तिक गाउँपालिकाद्धारा आमा पहिलो कार्यक्रम संचालन

बाजुरा– जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाले आमा पहिलो कार्यक्रम संचालन गरेको छ । सबै भन्दा बढि कुपोषण भएको पालिकाको रुपमा रहेको स्वामिकिार्तक खापर गाउँपालिकाले आमाको पोषण तथा स्वास्थ्यलाई मध्यनजर गरि सो कार्यक्रम संचालन गरेको हो । पहिलो चरणमा १०७ आमासमूहहरू मध्य ३९ आमा समुहहरूका आमा संग भेटघाट केही तथ्याकं लगिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन ।

मिगु देखि फयालगाँउ सम्म प्रत्येक घर नछुटने गरि १ सय १९ आमा समुहहरुमा २ हजार ४ सय आमाहरू आवद्व भएका छन । प्रत्येक आमाहरूको निःशूल्क बैक खाता खोली प्रति ब्यक्ती ४ हजार १२४ रूपैयाँ जम्मा गरेको अध्यक्ष रोकायाले बताएका छन । आमा समुहलाई सक्रिय गराउन बिभिन्न कार्यक्रममा सहभागी गराई आमा पहिलो कार्यक्रम लागू गरिएको अध्यक्ष रोकायाले बताए ।जसमा आमाको खातामा आफुले आम्दानी गरेको केही अंश बचत गर्ने, प्रत्येक आमाले ५ किलो दाल समूह मार्फत जम्मा गर्ने र जुन दाल विधालयको दिवा खाजाका लागि बिक्रि गरीनेछ । दाल बेचेर आएको पैशा आमाकै खातामा जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।

त्यसै गरि प्रत्येक आमा समुहलाई प्रत्येक बर्ष एक आयमूलक योजना छनौट गरि लागू गर्नुका साथै आफ्नो सम्पूणर् उत्पादन समुह मार्फत बिक्रि गर्नु पर्ने र सो उत्पादन गाउँपालिकाले नै खरिद गर्ने गाउँपालिकाले जनाएको छ । गाँउमा मदिरा तथा जुवा जन्य समाजमा खलल पुर्याउने ब्यक्तीलाई आमा समूहद्धारा बन्द गर्ने । छाउपडी, बाल बिवाह, छुवाछुत जस्ता आदी बिकृत प्रथालाई समाजबाट हटाउन आमा समुहलाई जिम्मेवारी दिने गरि सो कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार