• होमपेज
  • बुढिनन्दा
  • बिपन्न तथा गरिवका लागि औषधीमा २० प्रतिशत सम्म छुट

बिपन्न तथा गरिवका लागि औषधीमा २० प्रतिशत सम्म छुट

  • मङ्लबार, अशोज ८, २०८१
बिपन्न तथा गरिवका लागि औषधीमा २० प्रतिशत सम्म छुट
फाइल तस्विर

बाजुरा– बुढिनन्दा नगरपालिकाको कोल्टी आधारभुत अस्पतालले नगरपालिकाका बिपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला,जेष्ठ नागरिक, आर्थिक रुपले बिपन्न विरामीलाई २० प्रतिशत छुटमा दिने भएको छ ।

असोज ७ गते बुढिनन्दा नगरपालिकाका नगर प्रमुख तथा कोल्टी आधारभुत अस्पताल संचालन तथा ब्यवस्थापन समिती अध्यक्ष जनक कुमार बोहोराको अध्यक्षतामा बसेको तेस्रो बैठकले सो निणर्य गरेको हो ।

बुढीनन्दा नगरपालिका भित्रका हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला, जेष्ठ नागरिक, आर्थिक रुपले बिपन्न विरामी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लाई कोल्टी अस्पताल बाट प्रदान गरिने निशुल्क आधारभुत स्वास्थ्य सेवा वाहेकका अन्य स्वास्थ्य सेवाहरुमा लिईने शुल्कमा २० प्रतिशत र अस्पताल फार्मेशीबाट लिईने औषधीको शुल्कमा १० प्रतिशत छुट दिने निणर्य गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार