• होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाद्धारा एम्बुलेन्स सेवा संचालन

बुढिनन्दा नगरपालिकाद्धारा एम्बुलेन्स सेवा संचालन

  • सोमवार, अशोज ७, २०८१
बुढिनन्दा नगरपालिकाद्धारा एम्बुलेन्स सेवा संचालन

बाजुरा– बुढिनन्दा नगरपालिकाले आजबाट कोल्टी आधारभूत अस्पतालमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरवासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएको हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो ।
नगरपालिकाका नागरिकको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । जनताको सेवाका संगै महामारी,गर्भवती महिला लगायत आपद विपद्मा परेका नागरिकको उपचारमा सहज होस भन्ने उदेस्यका साथ एम्बुलेन्स सेवा संचालनमा ल्याएको नगर प्रमुख बोहराले बताए । बुढिनन्दा नगरपालिकाले २ महिना पहिला मात्रै एम्वुलेन्स खरिद गरिएको नगर प्रमुख बोहराले बताए ।
नगरपालिकाले एम्वुलेन्स सञ्चालनका लागि कार्यविधि बनाएर कार्यपालिकाबाट स्विकृती गराएर नगरबासीको सेवामा लाग्ने नगर प्रमुख बोहराको भनाई रहेको छ । बिशेष गरी पालिका भित्र नागरिक लाई सेवा दिन र छिमेकी पालिका स्वामिकार्तिक,जगन्नाथ ,हिमाली र छिमेकी जिल्ला हुम्ला र मुगुका तल्लो क्षेत्रका स्थानीय तहका जनतालाई समेत लक्षित गरेर एम्बुलेन्स सेवा संचालनमा लाएको हो नगर प्रमुख बोहोराले बताएका छन
नगरपालिका भित्रका विकट क्षेत्रका नगरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्धेश्य सहित नगरपालिकाले एम्वुलेन्स सेवा सुरु गर्ने बुढिनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले बताए । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको एम्बुलेन्स सेवाले सम्पुणर् नगरवासी र विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई स्वाथ्य सेवा लिनमा सहजता हुने प्रमुख प्रख प्रशासकिय अधिकृत शाहको भनाई रहेको छ । नगरपालिकामा एम्बुलेन्स थप भएसंगै सेवा उपलव्ध गराउन सहज हुने विश्वास लिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार