शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको सपथ संगै करिडोर बिबाद तिर ध्यानाकर्षण

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको सपथ संगै करिडोर बिबाद तिर ध्यानाकर्षण

  • शुक्रबार, अशोज ४, २०८१
अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको सपथ संगै करिडोर बिबाद तिर ध्यानाकर्षण

काठमाडौं–  अनेरास्ववियु काठमाडौं भुगोल जिल्ला कमिटीको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठक अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।  प्रमुख वक्ता नेकपा एमाले काठमाण्डौ जिल्ला अध्यक्ष दिपक निरौला रहेका थिए  ।   सपथ ग्रहण कार्यक्रम अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष समिक बडालले गराएका छन ।

अनेरास्ववियु काठमाडौं भुगोल जिल्ला कमिटीको ऐतिहासिक चौथो अधिवेशन भने २०८१ भाद्र २९ गते भव्यताका साथ सम्पन्न भैसकेको थियो। काठमाडौं भुगोल जिल्ला कमिटी भनिए पनि काठमाडौं भुगोल बाहिरका विद्यार्थीहरुले कमिटी कब्जा गरि आफ्नो रजगज गर्ने गरेको अब कमिटीले सो कुरा बाट मुक्ति पाएको र पहिलो पटक काठमाडौं भुगोलकै सत प्रतिशत विद्यार्थीलाई कमिटेड गरेर ऐतिहासिक रुपमा अनेरास्ववियु काठमाडौं भुगोल जिल्ला कमिटी निर्माण गर्न सफल भएको र सो विषयमा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, राजन भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, आनन्द पोखरेल लगायतका नेताहरु पनि खुशी भएर बधाई दिएको अनेरास्ववियु काठमाडौं जिल्ला इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य धर्मराज तिमल्सिनाले जानकारी दिए

नव निर्वाचित कमिटीले सपथ ग्रहण गरे संगै काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने विषय पेचिलो बन्दै गएकोमा सो विषयमा पनि कमिटीको गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियु काठमाडौंका जिल्ला अध्यक्ष निराजन थापाले जनाएका छन।
साथै अनेरास्ववियु काठमाडौं भुगोल जिल्ला कमिटीको आयोजनामा संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्षमा अनेरास्ववियु केन्द्रीय कार्यालय रातोघर भृकुटीमण्डपमा राष्ट्रिय झण्डालाई फहराउदै हर्षोल्लासका साथ संविधान दिवस मनाएको अनेरास्ववियु भुगोल जिल्ला कमिटीका उपाध्यक्ष अमन केसीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार