• होमपेज
  • स्वामिकार्तिक खापर
  • स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता

स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता

  • बुधबार, अशोज २, २०८१
स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता

निर्वाचन आयोगले १३ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ ।

त्यस्तै २० असोजमा दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, ३० कात्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र २ मंसिरदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि १६ मंसिरमा निर्वाचन हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार