• होमपेज
  • शिक्षा
  • मालिका मावि र क्रेटरजोन एकेडेमीद्धारा विज्ञान सामग्री प्रर्दशनी

मालिका मावि र क्रेटरजोन एकेडेमीद्धारा विज्ञान सामग्री प्रर्दशनी

  • मङ्लबार, अशोज १, २०८१
मालिका मावि र क्रेटरजोन एकेडेमीद्धारा विज्ञान सामग्री प्रर्दशनी

टेक बहादुर बुढा— बाजुराको सदरमुकाम मार्तडी स्थित मालिका मावि र क्रेटरजोन एकेडेमी स्कुलले विज्ञान सामग्री प्रर्दशनी गरेर विज्ञान दिवस मनाएको छ । १२ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा विद्यार्थीहरुले निर्माण गरेका विज्ञान तथा प्रविधि सामग्री प्रर्दशनी गरिएको हो ।

क्रेटरजोन एकेडेमी स्कुलका प्रिन्सपल मिन बहादुर कार्कीले विद्यार्थीहरुलाई पढाईसँग सँगै विज्ञान र प्रविधिको क्षेत्रमा समायोजन गराएर थप नयाँ सामग्री निर्माण गर्न सक्ने क्षमता विकासका लागि दोस्रो पटक विज्ञान प्रर्दशनी गरिएको बताएका छन् । विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलाप अन्र्तगत स्थानीय स्रोत साधनको प्रयोगबाट विभिन्न प्रविधि सामग्री निर्माण गरेर अन्य विद्यालयहरुलाई समेत सिकाईको प्रेरणा मिल्ने प्रिन्सिपल कार्कीले बताए ।

सदरमुकाम मार्तडी स्थित खुला मञ्चमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले स्थानीय स्रोत साधन कागज, माटो तथा काठबाट बनाएका घर, बन्दुक, रकेट, डोजर, पक्की पुल लगायतका सामग्री प्रर्दशनी गरेका थिए । क्रेटरजोन एकेडेमी स्कुलमा अध्ययनरत विद्यार्थीहरुले पालैपालो आफूले निर्माण गरेका विज्ञान तथा प्रविधि सामग्रीहरु प्रर्दशनी गरेका छन् ।

विज्ञान प्रर्दशनी कार्यक्रममा बोल्ने वक्ताहरुले पढाईसँगै बर्तमान समयको विज्ञान र प्रविधिको समाजमा घुलमिल हुनका लागि यस्ता क्रियाकलापहरुले सहयोग गर्ने भएकाले सबै विद्यालयहरुले सुरुवात गरेर निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

क्रेटरजोन एकेडेमी स्कुलका प्रिन्सिपल मिन बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको विज्ञान प्रर्दशनी कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया प्रमुख अथिति रहेका थिए । त्यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, शिक्षा विकास तथा समन्वय समिति प्रमुख हर्क बहादुर सिंह, वन डिभिजन कार्यालय प्रमुख भोजराज पाठक, कारागार कार्यालय प्रमुख अनिल तिवारी, उद्योग वाणिज्य संघ बाजुराका प्रमुख देवबहादुर रोकाया, जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरी, शसस्त्र प्रहरी डिएसपी श्याम रावत, बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केशी, शिक्षा शाखा प्रमुख रंगमल विक, बाजुरा क्याम्पस प्रमुख रुपबहादुर रौले, बडिमालिका ८ का अध्यक्ष चन्द्र थापा, ९ का अध्यक्ष सूर्यकिरण विक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक डबल हमालले गरेका थिए ।

त्यस्तै सदरमुकाम स्थित मालिका माध्यमिक विद्यालयले पनि विज्ञान दिवसको अवसरमा विज्ञान प्रर्दशनी गरेको छ । विद्यार्थीहरुले निर्माण गरेका विज्ञान तथा प्रविधि सामग्री प्रर्दशनी गरेको प्रधानाध्यापक शुभराज पाध्यायले बताएका छन् । स्टान बाजुराको सहयोग र मालिका माविको आयोजनामा सुरु गरिएको कार्यक्रममा आज बर्षाका कारण केहि सामग्री मात्रै प्रदर्शनी गरेको र बाँकी भोलि प्रर्दशनी गरिने विद्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार