• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिम सरकारको दोस्रो पटक बजेट भाषण सुरु अगावै विरोध

सुदूरपश्चिम सरकारको दोस्रो पटक बजेट भाषण सुरु अगावै विरोध

  • सोमवार, भदौ ३१, २०८१
सुदूरपश्चिम सरकारको दोस्रो पटक बजेट भाषण सुरु अगावै विरोध

धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमबार दोस्रो पटक बजेट प्रस्तुत गर्नु पूर्व विरोध सिर्जना भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले बजेट प्रस्तुतको लागि सोमबार बोलाइएको प्रदेश सभा बैठक सुरु हुन बित्तिकै विरोध जनाएका छन् । माओवादी केन्द्रका उपनेता अक्कल रावलले दोस्रो पटक बजेट प्रस्तुत गर्नु गैरसंविधान रहेको भन्दै विरोध जनाए ।

उनीहरुले बजेट बहिष्कार गर्दै कार्यसूची नै खारेजीको माग गरेका छन् । प्रतिपक्ष दलले नाराबाजी गरेपछि प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार