• होमपेज
  • राजनीति
  • संसदीय समितिले गरेन रविमाथि कारवाही सिफारिस

संसदीय समितिले गरेन रविमाथि कारवाही सिफारिस

  • सोमवार, भदौ ३१, २०८१
संसदीय समितिले गरेन रविमाथि कारवाही सिफारिस

काठमाडौं — सहकारी ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानेलाई कारवाही सिफारिस नगरेको पाइएको छ । सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा मात्रै उनी संलग्न रहेको भेटिएपछि कारवाही सिफारिस नभएको हो ।

समिति सदस्यका अनुसार रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण भेटिएको छैन । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको छ ।
गोर्खा मिडियामा आएको रकम प्रवन्ध निर्देशक लामिछानेसहित तीन जनाको हस्ताक्षर चल्ने गरी खाता खोलिएको थियो । उनीहरुमध्ये एकजनाको हस्ताक्षरमा पैसा निकाल्ने सकिने व्यवस्था थियो ।

स्रोतका अनुसार ६७ करोडमध्ये ठूलो हिस्सा टेलिभिजनका कर्मचारीको तलवभत्तामा खर्च भएको छ । टेलिभिजनमा प्रवन्ध निर्देशक भएकाले रविले नै अधिकांस चेकमा हस्ताक्षर गरेका थिए ।

‘रविले सहकारीको रकम निकालेर व्यक्तिगतरुपमा हिनामिना गरेको भेटिएन’ एक सदस्यले भने ।  नेपाल प्रेसबाट

चर्चामा

सम्बन्धित समाचार