• होमपेज
  • बडिमालिका
  • बाजुरामा विभिन्न कार्यक्रम गरी मनाइयो ६० औं बाल दिवस

बाजुरामा विभिन्न कार्यक्रम गरी मनाइयो ६० औं बाल दिवस

  • शनिबार, भदौ २९, २०८१
बाजुरामा विभिन्न कार्यक्रम गरी मनाइयो ६० औं बाल दिवस

टेक बहादुर बुढा– बाजुरा जिल्लामा पनि आज ६० औं बाल दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ । जिल्लाका सबै पालिका तथा विद्यालयहरुको आयोजनामा “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको हो । राष्ट्रसंघ महासभाबाट बाल अधिकार सम्वन्धी महासन्धी पारित गरेको स्मरणमा हरेक वर्ष भदौ २९ मा मनाउने गरिएको छ । यसै अवसरमा जिल्लाको बडीमालिका नगरपालिकाले पनि विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको छ । नगरपालिकाको आयोजनामा सबै वडाका विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी मनाएको छ भने सदरमुकाम मार्तडी स्थित मालिका माध्यमिक विद्यालयमा पनि विविध कार्यक्रम गरी ६० औं बाल दिवस मनाइएको नगरपालिकाले जनाएको छ ।

No description available.
शिक्षक विद्यार्थीहरुले नारा लगाउँदै मार्तडी बजार परिक्रमा गरेर मालिका माविको प्रांगणमा औपचारिक रुपमा कार्यक्रम सुरु गरिएको थियो । मालिका माबि, बालमन्दिर आधारभूत विद्यालय र क्रेटरजोन एकेडेमी स्कुलको सहभागीतामा मालिका माविमा हिसाव दौड, बेलुन फुटाउने खेल, चकलेट दौड तथा वक्तृत्वकला प्रतियोगीताको आयोजना गरी मनाइएको प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केशीले बताएका छन् ।
दुई चरणमा सञ्चालन गरिएको बेलुन फुटाउने कार्यक्रममा पहिलो चरण (ईसिडी- ३ कक्षा) सम्मको खेलमा प्रथम मालिका माविका विवेक नेपाली, द्धितिय रक्षा रावत, तृतीय नितेश बिष्ट र सान्त्वना आशिष सार्की भएका छन् । त्यस्तै दोस्रो चरणको खेल (कक्षा४-५) मा प्रथम क्रेटरजोन एकेडेमीका रमिला जोशी, द्धितिय मोहन बुढा, तृतीय मालिका माविका आशिष रोकाया र सान्त्वना इसु रोकाया भएका छन् ।
त्यसै गरी चकलेट दौड (इसिडी- कक्षा ५) मा प्रथम मालिका माविका समिर नेपाली, द्धितिय सरस्वती दानी, तृतीय सम्राट रावल र सान्त्वना निरुता बोहरा भएकी छन् । त्यस्तै हिसाव दौड (कक्षा ६ – ८) मा प्रथम मालिका माविका आशुतोष रोकाया, द्धितिय जेनिसा जोशी, तृतीय आयुष तिमिल्सेना र सान्त्वना क्रेटरजोन एकेडेमीका दिनेश बुढा भएका छन् ।

No description available.
त्यसै गरी वक्तृत्वकला प्रतियोगिता ( कक्षा ९-१०) मा प्रथम क्रेटरजोन एकेडेमीकी रिता बिष्ट, द्धितिय मालिका माविका युवराज उपाध्याय, तृतीय क्रेटरका अनिल कार्की र सान्त्वना मालिका माविका शेखर नाथ भएका छन् । बाल दिवस कार्यक्रममा बोल्दै मालिका माविका प्रधानाध्यापक शुभराज पाध्यायले हरेक परिवार तथा निकायले सधैं बालबालिकामा लगानी गरे अनुसारको प्रतिफल अपेक्षा गर्नुपर्ने बताए । त्यस्तै मालिका माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशी विकले बालबालिकाको हक अधिकार पूणर् रुपमा प्रत्याभूति गर्नका लागि कागजमा लेखिएका हरेक कुरा लागू गरेर सबैले उनीहरुका लागि उचित लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

No description available.

त्यस्तै कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिका नगर उप्रमुख नन्दा थापाले यसै बर्ष नगरपालिकाले बालबालिकाहरुका लागि विभिन्न सचेतनाका कार्यक्रम, छात्रछात्रा छात्रवृत्ती लगायतका कार्यक्रम सञ्चालन गरिने बताएकी छन् । पछिल्लो समय सूचना प्रविधिले हक अधिकारको नाममा विद्यार्थीहरुमा अनुशासन तथा निर्देशन हराउँदै गएको देखिएको भन्दै यसमा अभिभावक तथा शिक्षकले विशेष भूमिका खेल्नुपर्ने नगर उपप्रमुख थापाले बताइन् ।

No description available.

बडीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशी, सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, जिल्ला प्रहरी प्रमुख डिएसपी दिलीप कुमार गिरी, मालिका माविका विव्यस अध्यक्ष काशी विक, प्रधानाध्यापक शुभराज पाध्याय, पत्रकार महासंघ जिल्ला शाखा बाजुराका पूर्व अध्यक्ष मदनराज जोशी, बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकाया, बिन्दु बडाल, विभिन्न विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार