• होमपेज
  • बडिमालिका
  • मार्तडी बजारमा सरसफाई

मार्तडी बजारमा सरसफाई

  • शनिबार, भदौ २९, २०८१
मार्तडी बजारमा सरसफाई

बाजुरा– जिल्ला सदरमुकाम मार्तडी बजारमा सरसफाइ गरिएको छ । आफु बस्ने घर वरपर फोहोर गर्नु हुन्न दैनिक रुपमा सरसफाई गर्नुपर्छ भन्ने सन्देश प्रबाह गर्न सरसफाई कार्यक्रम गरिएको हो । जनप्रतिनिधी, जिल्लाका सरकारी कार्यालय, सुरक्षा निकाय, स्थानीय नागरिक समाज लगायतले संयुक्त रूपमा बजार क्षेत्र सरसफाइ गरेका छन ।

No description available.

भदौ २४ गते जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा बसकेको बैठकले जिल्ला स्थित राजीतिक दल सहितको सहभागितामा हरेक महिनाको अन्तिम शनिवारलाई सरसफाई सचतेना बारको रुपमा लिई सरकारी/गैरसरकारी निकायका कर्मचारीहरु, पत्रकार, सरोकारवाला र स्थानीय समेतको सहभागितामा बजार सरसफाई गर्ने निणर्य भएकोले अव यो कार्यक्रम नियमीत हुने समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताएका छन । शनिबार बिहान गरिएको सरसफाई कार्यक्रम मार्तडी खुला मञ्चबाट सुरु भएर बजार क्षेत्र भित्रका बिभिन्न ठाउँमा फोहोर संकलन गरिएको थियो । सरसफाई अभियान संगै ब्यापार ब्यवासाय गर्दै आएका नागरिकलाई सरसफाई सचेतना पनि गराईएको छ ।

No description available.

 जिल्ला समन्वय उप प्रमुख लाछु सार्कीले जिल्लाबासीले आ आफ्नो घर आँगन सफा राख्न र जथाभाबी फोहोर नगर्न आग्रह गरेकी छन । यस्तै फोहोर बाहिर फाल्नु हुँदैन भन्ने चेतनाको विकास गराउनु नै अभियानको लक्ष्य रहेको उप प्रमुख शार्कीकाे भनाइ रहेकाे छ ।
बजार क्षेत्रमा सरसफाई सँगै फोहोर वस्तु नगरपालिकाको टिपरमा संकलन गरेर थप सरसफाईमा ध्यान दिन बजार व्यवसायीहरुलाई सचेत गराएको बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापाले बताएकी छन ।

No description available.

जिल्ला समन्वय समिति बाजुराको सर्बपक्षिय बैठकले हरेक महिनाको अन्तिम शनिबार मार्तडी बजार क्षेत्रको सरसफाई तथा सचेतना कार्यक्रम गर्ने निणर्य अनुसार शनिबार बिहान बजार क्षेत्रको सरसफाई गरिएको जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताएका छन । साथै हरेक महिनाको शनिबार बजार क्षेत्रमा नियमित सरसफाई तथा सचेतनाका कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने  समन्वय अधिकारी पाण्डेले बताए । बाल दिवस पनि आजै परेकोले यो अभियान थप प्रभावकारी भएको उनले बताए ।

No description available.

यस्तो सकारात्मक कामले बजार क्षेत्रका ब्यापारीहरुलाई समेत सरसफाईका क्षेत्रमा दबाब दिने वातावरणको सृजना भएको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताए । मार्तडी बजारलाई स्वच्छ बनाउन नगरपालिकाले सरसफाई अभियानकै रुपमा कार्यक्रम गर्ने गरेको भएपनि स्थानीयको सहभागीता नदेखिएको भन्दै सबैले आ-आफ्नो घर पसल अगाडी अनिवार्य सरसफाई गर्न जिल्ला समन्वय समिति बाजुरा र बडिमालिका नगरपालिकाले निर्देशन दिइएको छ ।

No description available.

बजार सरसफाई तथा सचेताना अभियानमा  जिल्ला समन्वय उप प्रमुख लाछु सार्की, बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा, सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशी, जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनधीहरु जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधी, नागरिक समाज लगायतको उपस्थितीमा बजार सरसफाई गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार