• होमपेज
  • गण्डकी प्रदेश
  • गण्डकीको प्रेस रजिस्टारमा भण्डारी नियुक्त

गण्डकीको प्रेस रजिस्टारमा भण्डारी नियुक्त

  • शनिबार, भदौ २९, २०८१
गण्डकीको प्रेस रजिस्टारमा भण्डारी नियुक्त

गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारी ४ वर्षका लागि गण्डकीको प्रेस रजिस्टार बनेकी हुन् ।

प्रेस रजिस्टार छनोटका लागि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो । समितिले ३ जनाको नाम प्रस्ताव गरेकोमा भण्डारीलाई नियुक्त गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार