• होमपेज
  • बडिमालिका
  • बाजुरामा २ दिनदेखि अवरुद्ध विद्युत सेवा सूचारु

बाजुरामा २ दिनदेखि अवरुद्ध विद्युत सेवा सूचारु

  • शुक्रबार, भदौ २८, २०८१
बाजुरामा २ दिनदेखि अवरुद्ध विद्युत सेवा सूचारु

बाजुरा– बाजुरामा बुधबार साँझबाट अवरुद्ध विद्युत सेवा सूचारु भएको छ । अविरल वर्षाका कारण डोटी जिल्लाको सानागाउँ नजिकै राष्ट्रिय प्रसारण लाइन अन्तरगतको पोल ढलेर बुधबार साँझदेखि बाजुरा र अछाम जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको थियो ।

अबिरल वर्षाका कारण दिपायल–साफेबगर ३३ केभिए लाईन अन्तरगत डोटीको सानागाऊँ नजिक ढलेको पोल अछाम वितरण केन्द्रबाट खटिएको टोलीले मर्मत गरेपछि शुक्रबार साँझ साढे ६ बजेबाट सूचारु भएको नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएको छ ।

बुधबार रातिदेखि अछाम र बाजुरा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार