• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमको तराई पहाड जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध, साहुखर्क र रडुवामा गयो पहिरो

सुदूरपश्चिमको तराई पहाड जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध, साहुखर्क र रडुवामा गयो पहिरो

  • शुक्रबार, भदौ २८, २०८१
सुदूरपश्चिमको तराई पहाड जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध, साहुखर्क र रडुवामा गयो पहिरो

अविरल वर्षापछि खसेको पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएको छ । बिहीबार राति खसेको पहिरोले गन्यापधुरा गाउँपालिका(१ को साहुखर्कमा भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । साहुखर्कमा बिहीबार साँझदेखि नै पहिरो खसिरहेको थियो । डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए । तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन् । यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका(२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढा(बुडर सडक पनि बन्द भएको छ ।

चर्चामा

सम्बन्धित समाचार