• होमपेज
  • बडिमालिका
  • बाजुरामा दुइ दिन देखी विद्युत छैन

बाजुरामा दुइ दिन देखी विद्युत छैन

  • शुक्रबार, भदौ २८, २०८१
बाजुरामा दुइ दिन देखी विद्युत छैन

बाजुरा– बाजुरा जिल्लामा दुइ दिन देखी विद्युत सेवा अवरुद्ध भएकाे छ । बुधबार राति देखी राष्टिय प्रशारण लाइन अन्तरगतकाे बिधुत सेवा अवराेध भएकाे हाे ।

अबिरल वर्षाको कारणले दिपायल- साफेबगर ३३ के.भि लाईनको डोटीको सनागाऊको नजिक १ वटा पोल ढलेर बिधुत सेवा अबराेध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ ।

अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ । साे लाईनकाे मर्मतका लागि अछामबाट प्राविधिक टोली खटिएर काम भइरहेकाे  बाजुरा बितरण केन्द्रले  जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार