• होमपेज
  • अर्थ/वाणिज्य
  • सुशासनको गुड्डी हाक्ने सुदूरपश्चिम सरकारकाे बजेट अझै अलमलमा

सुशासनको गुड्डी हाक्ने सुदूरपश्चिम सरकारकाे बजेट अझै अलमलमा

  • शुक्रबार, भदौ २८, २०८१
सुशासनको गुड्डी हाक्ने सुदूरपश्चिम सरकारकाे  बजेट अझै अलमलमा

सुदूरपश्चिम प्रदेश सरकारले अझै बजेट निर्माणको काम सकेको छैन। चालु आर्थिक वर्षको दुई महिना बित्नै लाग्दा समेत प्रदेश सरकार बजेट निर्माणमै अल्झिएको हो। पटक–पटक मिति तोकेर बजेट निर्माणमा लागेको प्रदेश सरकारले यो समाचार तयार पार्दासम्म बजेट ल्याउन सकेको छैन। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले सुरुमा भदौ १०, त्यसपछि भदौ १५ त्यसपछि भदौ २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने मिति निर्धारण गर्दै आएको छ।

तर, बजेट ल्याउन प्रदेश सरकारको अझै समय लाग्ने देखिएको छ। बजेट कहिले आउने भन्ने विषयमा मन्त्री नै अनभिज्ञ रहेका छन्। प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले अहिलेसम्म बजेट कहिले आउँछ भन्ने कुरा थाहा नभएको बताए। उनले भने, ‘बजेट कहिले आउँछ भन्ने कुरा मलाई पनि थाहा छैन। ट्याक्कै कहिले आउने भन्दा पनि यो महिनाभित्रै बजेट आउँछ ।’

पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) पास नभएपछि कमलबहादुर शाह नेतृत्वको सरकारले बजेट ल्याउँदै छ। तर, आफैले गरेको सार्वजनिक प्रतिबद्धताको प्रतिकूल हुने गरि बजेट ल्याउन लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतको दाबी छ।

चर्चामा

सम्बन्धित समाचार