• होमपेज
  • जगन्नाथ
  • बाजुराका ४ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पदस्थापन (सूचीसहित)

बाजुराका ४ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पदस्थापन (सूचीसहित)

  • बिहिबार, भदौ २७, २०८१
बाजुराका ४ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पदस्थापन (सूचीसहित)

बाजुरा– सरकारले एकैपटक  बाजुराका ४  वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक ४ जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो । जसमा गाैमुल गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउपालिका र स्वामिकार्तिक खापर गाउँपालिकामा नया प्रमुख प्रशासिकय अधिकृत पठाएकाे छ । हिमाली गाउँपालिकामा शाखा अधिकृत अनिशा आचार्य, स्वामिकार्तिक खापर गाउँपालिकामा पुनम जिसी, जगन्नाथ गाउँपालिकामा सिर्जना क्षेत्री र गाैमुल गाउँपालिकामा सिमरन साहलाइ जिम्मेवारी दिएकाे छ ।

सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । १२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ । मन्त्रालय स्रोतका अनुसार पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् ।

१३ भदौमा एकैदिन १०६ जना शाखा अधिकृतहरु स्टाफ कलेजबाट दीक्षित भएका थिए । त्यसमध्ये ३ जनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोपमा पदस्थापन भएका छन भने ३ जना महिला कर्मचारीहरुको स्वास्थ्य समस्यका कारण पदस्थापनको निर्णय भएको छैन ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि १३ भदौमा दीक्षान्त समारोह गरेको थियो । उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकामध्ये आफूलाई पायक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलाउने अवस्था अन्त्य गर्ने बताउँदै आएका छन् । रिक्त स्थानमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा गाउँपालिकाहरुमा सेवा प्रवाह र सुशासनको अवस्था सुध्रने मन्त्रालयको अपेक्षा छ ।

मन्त्रालयले हालै ५२ वटा जिल्ला समन्वय समितिमा इन्जिनियरहरुको पनि पदस्थापन गरेको छ । संविधान र कानुनले जिल्ला समन्वय समितिहरुलाई अनुगमनको अधिकार दिएपनि इन्जिनियरहरु नहुँदा समस्या भोग्दै आएका थिए । लोकसेवा आयोगबाट भर्ना भएका ५५ नयाँ इन्जिनियरमध्ये ५२ जनालाई मन्त्रालयले जिल्ला समन्वय समितिहरुमा खटाएको हो ।

चर्चामा

सम्बन्धित समाचार