बाजुरा– बाजुराको बुढीगगा नगरपालिकाले सञ्चालित अटो तथा ई–रिक्साहरू नगरपालिकामा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।नगरपालिकाले जारी गरेको अटो तथा ई–रिक्सा व्यवस्थापन निर्देशिका अनुसार सुचना जारी भएकाे ७ दिन भित्र अटो व्यवसायीहरुलाई अनिवार्य दर्ता गर्न सार्बजनिक सुचना प्रकाशन गरेको हाे ।
बुढीगगा नगरपालिका अटाे रिक्सा कार्यबिधी २०७९ अनुरुप अटो व्यवसायीहरुले नगर क्षेत्र भित्र सचालन रहेका अटाे रिक्सा सुचना जारि भएकाे ७ दिन भित्र नगरपालिकामा दर्ता गर्न नगरपालिकाले सुचना प्रकाशन गरेकाे छ । नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका अटो व्यवसायीहरुलाई अनिवार्य दर्ता गर्ने निर्णय गरेकाे हो ।