• होमपेज
  • कर्णाली प्रदेश
  • पहिरो खसेपछि कर्णाली राजमार्ग फेरि अवरुद्ध

पहिरो खसेपछि कर्णाली राजमार्ग फेरि अवरुद्ध

  • बिहिबार, भदौ २७, २०८१
पहिरो खसेपछि कर्णाली राजमार्ग फेरि अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । बुधबार रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार