• होमपेज
  • राजनीति
  • माओवादीको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित

माओवादीको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित

  • बुधबार, भदौ २६, २०८१
माओवादीको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित

काठमाडौँ —नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीले बुधबारको संसद अवरुद्ध गरेको हो ।

सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक पटक आग्रह गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादीको अडान राखिरह्यो । त्यसपछि सभामुखले अर्को बैठक भदौ ३० गते बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित भएको घोषणा गरे ।

चर्चामा

सम्बन्धित समाचार