• होमपेज
  • बडिमालिका
  • तीन महिनादेखि अवरुद्ध मार्तडी – कोल्टी सडकखण्ड खोल्न सुरु

तीन महिनादेखि अवरुद्ध मार्तडी – कोल्टी सडकखण्ड खोल्न सुरु

  • बुधबार, भदौ २६, २०८१
तीन महिनादेखि अवरुद्ध मार्तडी – कोल्टी सडकखण्ड खोल्न सुरु
फाइल तस्विर

बाजुरा– करिव तीन महिनादेखि अवरुद्ध बाजुराको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडकखण्ड खोल्न काम सुरु गरिएको छ । गत असार १७ गते राति अबिरल बर्षासँगै बडिमालिका नगरपालिका ७ जिल्ली लगायतका ठाउँहरुमा  सडकखण्ड अवरुद्ध भएको थियो । मार्तडी काेल्टी  सडकखण्ड अवरुद्ध भएको करिव तीन महिनापछि मात्रै दुवै तिर सडक खोल्ने कार्य सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार पूर्वाधार विकास कार्यालय अछाम र कोल्टीबाट बुढीनन्दा नगरपालिकाले डोजर लगाएर सडक खुलाउने काम सुरु गरिएको छ । दशैं तिहार अगावै सडकखण्ड पूर्णरुपमा यातायात सेवा सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ।  बर्षा पनि विस्तारै रोकिन थालेकाले सडक खुलाउन सुरु भइसकेकाेले अवकाे केही दिनमा सडक सुचारु हुने  सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताएका छन् । यसअघि अविरल बर्षाले जिल्लीमा निरन्तर पहिरो बगिरहेको र अन्य दर्जनौ खोलामा पानीको बहाव बढेर सडक खुलाउन नसकिएको उनले बताए ।
सदरमुकाम मार्तडीको बाउली खोला, अनाइ खाेला, बडिमालिका ७ जिल्लीकाे  पहिरो, रजातोलीमा रहेकाे नाउले खोला र बुढीनन्दा नगरपालिकामा रहेकाे दानसाँघु खोलामा पुल नहुँदा पानीको बहाव बढेर मार्तडी कोल्टी सडक अवरुद्ध भएर यातायात सेवा ठप्प छ । त्यस्तै प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको मार्तडी कोल्टी सडकसँगै जिल्लाका अन्य ग्रामिण सडक पनि खुलाउनका लागि पालिकासँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार