• होमपेज
  • बडिमालिका
  • भुकम्पले घरबार बिहिन बनायो, सरकारले रिण थुपार्याे

भुकम्पले घरबार बिहिन बनायो, सरकारले रिण थुपार्याे

  • बुधबार, भदौ २६, २०८१
भुकम्पले घरबार बिहिन बनायो, सरकारले रिण थुपार्याे

पदमबहादुर सिंह– बाजुरा जिल्लाको खप्तड छेडेदह गाउपालिका-५ का ६५ बर्षिया साउने सार्कीको परिवार पाल र टिनको अस्थायी टहरोमा बस्न थालेको १ बर्ष भयो । २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ म्याग्निच्युटको भूकम्पले चिराचिरा भएको घरमा बस्नै नमिल्ने भएपछि सार्की परिवार घरबार बिहिन भएका हुन । साउने सार्कीको १३ जनाको परिवार हाल टिनको अस्थायी एक कोठे टहरोमा कष्टकर जिवन बिताईरहेका छन् ।

आफु दमको विरामी रहेका सार्की चिसो टिनको टहरोमा बस्दा झनै समस्य भईरहेको बताउँछन । आर्थिक अवस्था न्यून रहेका परिवारको भुकम्पले घरबार बिहिन बनाएपछि एउटा टिनको टहरोमा जिवन बिताई रहेका छन् । बर्षातको पानी होस् वा हिउँदको कठ्याङग्रीदो चिसोमा यसै टहरोमा बसेर जिवन गुजार्नु परेको उनले बताए । गाउँमा रोजगारी छैन पक्की घर बनाउन आफूसंग पैशा छैन । छोराले जेनतेन ज्याला गरेर ल्याएको पैशाले परिवारको साँझ विहानको छाक टार्न मुस्कील हुने गरेको सार्कीले बताए ।

No description available.
भुकम्प गएको केही हिउँदको चिसो महिना पालमूनी र बाख्राको खोरमा रात बिताईयो । केही समय पछि सरकारले अर्को ब्यवस्था नहुदासम्म ५० हजार अनुदानमा अस्थायी टिनका टहरा बनाउन भन्यो । टहरा निर्माण गर्नु भन्दा पहिला पहिलो चरणम २५ हजार र बनाई सकेपछि २५ हजार दिने गाउपालिकामा समझौता भयो । २५ हजार सरकारले दिएको र बाँकी केही पैशा गाउँको सहकारी केही साहुबाट रिण काढेर टहरा निर्माण गरेको उनको भनाई छ । टहरा निमाणर् गरि सक्ने बित्तिकै दोस्रो चरणको पैशा आउने आशाले रिण काढेर टहरा निर्माण गरियो । टहरा निर्माण गरेको ६ महिना बढी भयो दोस्रो चरणको पैशा आउने सुरसार छैन । पैशा निकाशाको लागि भुकम्प पिडित परिवारको निबेदन स्वघोषणा पत्र प्रहरी मुचुल्का वडाको सिफारिस लगाएतका कामहरु गर्नु पर्ने हुन्छ । वडा कार्यालय गएर त्यो प्रकृया सबै पुरा गरेका छाँै । सम्झौता पछि टहरा निमाणर् भए नभएको भन्दै गाउपालिकाबाट जनप्रतिनिधि र कर्मचारी आए अनुगमन गरेर टहरा निर्माण गरेको फोटा अन्य परिवारको विवरण लिएको धेरै भयो । पैशा कहिले आउछ भन्दा माथिबाट आएको छैन भन्ने गरेको उनले बताए ।

No description available.
अहिले सहकारीबाट निकालेको रिणको ब्याज तिर्नै मुस्कील भएको सार्कीले बताए । सहकारीमा ब्याज बढ्दै गयो । उनले भने भुकम्पले घर भत्काएर घरबार बिहिन बनायो सरकाले पैशा दिने भन्दै २५ हजार चारो हालेर बाँकी आउने आश्वाशन दिएर रिणी बनायो उनले भने । साउने सार्की एक पात्र हुन । बुढीगंगा नगरपालिका ९ का रुप नेपालीको समस्य उनको भन्दा फरक छैन । सरकारले दिएको २५ हजार साहुजीलाई दिएर बाँकी दोस्रो चरणमा आएपछि दिने भन्दै उदारोमा टिन लगाएतका सामग्री ल्याएर टहरा निमाणर् गरे अहिलेसम्म दोस्रो चरणको पैशा आएन साहु घरमै पैशा माग्न आउँछन । साहु आएर कहिलै बाख्रा उठाएर लैजान्छु कहिले बस्तु भाउ लैजान्छु भन्छन् । आफुसंग तिर्न आए श्रोत केही छैन । खेति गर्न जमिन छैन ९ जनाको परिवार ज्यालादारी गरेर पाल्छु । गाउँमा ज्यालादारी काम समेत पाईदैन ।

No description available.
उदारोमा सामान दिएर आफु पनि रिणी भएको बुढीगंगा नगरपालिका ६ बाम्कामा हार्डवयर ब्यापारी मनबहादु बानियाले बताए । बिपतको समय हो सवैले आआफ्नो तर्फबाट सहयोग गर्नु पर्छ भनेर उदारोमा समान दिए । अहिले माग्न जादा सरकारले पैशा दिएको छैन भन्छन । आफुलाई साहुले दिनदिनै ताकेता गरेको छ । आफुले पनि रिण निकालेर साहुलाई तिर्नु परेको बानियाको भनाई रहेको छ ।
त्यस्तै बुढीगंगा नगरपालिका ९ जुवापानीका भोविन्द नेपालीले गाउकै सहकारीबाट रिण काढेर टिन ल्याएको अहिले पैशा नआएपछि सहकारीको रिण भन्दा पनि ब्याज तिर्नै गाह्रो भएको बताए । गाउमा रोजगारी छैन । कामको लागि भारत जाउ भने एकान्त टिनका टहराका बास लालाबाला छोडेर जानपनि आह्रो भएको नेपालीले बताए ।

No description available.
नेपाली र सार्की उदाहरण मात्र हुन, बाजुरा जिल्लाका भुकम्प पिडित दोस्रो चरणको पैशा नआउदा सबैले रिण बोकेर बस्नुपरेको छ । भुकम्पले घर भत्काएको छ । टिनको टहरोमा बास छ साहु आएर दिन दिनै पैशा माग्छन् । गाउँमा एकान्त ठाउमा टहरा बनाएर बसेका पिडित असुरक्षित छन् । टिनको टहराको बास राति आएर को केप गर्छन भन्ने डरले जागाराम बसेर रात कटाउने गरेका खप्तड छेडेदह गाउपालिका ५ की मनकला सार्कीले बताईन । अहिले टिनको टहरको चिसोले बृद्धबृद्धा बालबालिका सुत्केरी महिलालाई झनै बढी समस्य भएको छ ।
बाजुरा जिल्लामा ०८० असोज १६ गते बझाङ्ग केन्द्रविन्दु भएर आएको भुकम्पले सवै भन्दा बढी खप्तड छेडेदह गाउपालिकामा ९ सय ६६ परिवार बिस्तापीत भएका छन । त्यसै गरि बुढीगंगा नगरपालिकामा ४ सय ९ परिवार, बडिमालिका नगरपालिकामा २ सय २७ परिवार, त्रिबेणी नगरपालिकामा १ सय १३ परिवार पूणर् रुपमा बिस्तापित भएका छन । त्यस्तै बुढीनन्दा नगरपालिकामा ६६ परिवार, गौमुल गाउपालिकामा ५५ परिवार र स्वामीकार्तिक खापर गाउपालिकामा ९ परिवार विस्तापित भएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याङ्कमा उल्लेख छ । बाजुरा जिल्लाका ९ वटा स्थानिय तह मध्ये ७ वटा स्थानिय तहका १ हजार ८ सय ४४ परिवारलाई पहिलो किस्ता रकम सम्बन्धित स्थानिय तहलाई मंसिर १७ गते देखी पुस ८ गतेसम्म रकम पठाएको जिल्ला प्रशासन कार्यालय बाजुराका लेखापाल हेमन्त जोशीले बताए ।

No description available.
दोस्रो चरणको पैशा आउन ढिलाईको बारेमा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलसंग कुरा गर्दा स्थानिय तहले समयमा काम नगर्दा ढिलो भएको बताए । जनप्रतिनिधिहरुले वास्तविक पितिड भन्दा पनि कार्यकर्ताका दबाबले दोस्रो चरणको पैशा माग गर्नु पर्ने प्रकृयामा ढिलाई भएको बताए । आफुले दोस्रो चरणको पैशा मागका लागि स्थानिय तहलाई धेरे पटक पत्राचार र मौखिक रुपमा जानकारी दिदै आएको छु । उहाहरुले कहिले लिष्टमा नाम छुटेको भन्नुहुन्छ कहिले केही बहाना कहिले केही बाहाना बनाएर वास्तविक पिडितले दुख पाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । बुढीगंगा नगरपालिकाका विपत फोकल प्रसन भिम गिरीका अनुसार संघ सरकारले नै समय समयमा कामको प्रकृया परिवर्तन गर्दा समयमा काम हुन नसकेको बताए । यता वडा अध्यक्षहरु पनि गैर जिम्मेवार जस्तै छन् । काम केही हुदैन कहिले पिडित छुटे थप्नु पर्ने बताउछन कहिले वास्तविक पिडित नभएर अर्कैको नाम गएको भन्दै बहानाले पनि समस्य भएको बताए ।
वडाबाट हातले भरेर भुकम्प पिडितको सम्पूणर् विवरण भर्नु पर्ने हुन्छ । वडा कार्यालयले भर्नु पर्ने फर्ममा घरमुली एक बैंक खाता अर्कैको हुने कसैको बाजेको नाम छुटाएको हुने कसैका बाबुका नाम छुटाएको हुने अनलाईन सप्टोवयरले त्यस्ता छुटेको भए मान्दैन । वडामा सो बारे जानकारी गराउदा भोली भोली भन्दै काम समयमा हुन नसकेको गिरीले बताए । भुकम्प पिडितको विवरण राख्न अनलाईन इन्ट्री अनिबार्य गरेको छ ।

No description available.
गौमुल गाउपालिकाले समयमै काम सकाएर अनलाईन इन्ट्री गरेको विवरण जिल्ला प्रशासन कार्यालयलाई पठाई सकेको भएपनि अन्य स्थानिय तहले काम नसक्दा गौमुल गाउपालिकाको दोस्रो चरणको पैशा आएको छैन । गौमुल गाउपालिकाका उपाध्यक्ष सिता थापाले हामीले समयमै काम सकायौ । भुकम्प पिडितले पनि समयमै रिण काढेर पसलबाट उदारो सामान लिएर टहरा बनाएर दोस्रो चरणको पैशा आउदैन यसले गर्दा भुकम्प पिडित झन पिडित भएका छन् । भुकम्प पिडित दिनहु पालिकामा आएर आफुलाई गुनासो सुनाउछन । आफुले पनि चाडो बनाउन भन्दै ताकेता गरियो । अन्य पालिकाले काम नगर्दा आफ्नो पालिकाका नागरिकले पनि रिणी बन्नु परेको उपध्यक्ष थापाले बताईन । धेरै पटक जिल्ला बिपतको बैठमा कुरा उठाए पनि सवै स्थानिय तहको काम नसकिएर दोस्रो चरणको पैशा नआएको भन्दै जिल्ला प्रशासनले आलटाल गर्ने गरेको उपाअध्यक्ष थापाको भनाई रहेको छ ।
बाजुरा जिल्ला प्रशासन कार्यालयका बिपत फोकल प्रसन नैन रावलका अनुसार पहिलो चरणको रकम पाएका पिडितको संख्याका आधारमा दोस्रो चरणको पैशा निकाशाको लागि केन्द्रमा पत्राचार र फोन मार्फत जानकारी गराएको भएपनि जिल्लाका सवै पिडितको विवरण अनलाईनमा इन्ट्री नभएसम्म पैशा पठाउन नमिल्ने बताएका छन । हाल अनलाईनमा १२ सय पिडितको मात्र डाटा इन्ट्री भएको रावलको भनाई रहेको छ ।
नेपाल सरकारले ५० हजार रुपैया अस्थायी रुपमा बसोबासको लागि टिनको टहरा निर्माण गर्ने पहिलो चरणको ब्यवस्थापन गरेको छ भने घर निर्माणको लागि ५ लाख अनुदान दिने बताएको छ । अस्थायी टहरा बनाएको पैशा त समयमा आएन ५ लाख आउला र घर बनाउला भन्नु दिवा सपना जस्तै हो भुकम्प पिडितले बताउदै आएका छन् ।
भुकम्प पिडित परिवारको स्वास्थ्यमा समस्य बढी
जिल्ला अस्पताल बाजुरा लगाएत स्थानिय तहका स्वास्थ्य सस्थामा उपचारका लागि आउने विरामीमा भुकम्प पिडित परिवारका विरामीको संख्या बढी रहेको पाईएको छ । टिनको टहरोमा बस्दा चिसोले उनीहरुको स्वास्थ्यमा बढी समस्या देखिन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । चिसोले दम, रुघा खोकी पखाला आउ जस्ता विरामी बढीआउने गरेका छन् ।

No description available.
सुत्केरी महिला र नवजात शिशुलाई झनै बढी समस्य देखीएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले बताए । उनले भने सरकारले भुकम्प पिडितको स्वास्थ्यलाई बेवास्था गरेको बताए । टिनको टहरमा बृद्धबृद्धा र नावालक शिशु र सुत्केरी महिला बढि जोखीममा रहेको स्वास्थ्यकर्मिहरुको भनाई रहेको छ । उनिहरु बर्षाको पानीले टिन चुहिने र हिउदमा चिसो हुने हुदा बृद्धबृद्धा, सुत्केरी महिला बालबालिकाहरुमा बिभिन्न रोगहरु देखीने गरेको स्वास्थ्यकर्मी बताउछन ।
भुकम्पले घरबार बिहिन बनेका पिडित परिवार सरकारले टिनका अस्थायी टहराको दोस्रो चरणको पैशा नआउदा साहु घरमै आउदा मानशिक रुपमा काउन्सिल गर्नु पर्ने अवस्था भएको स्वासथ्यकर्मीहरुले बताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार