• होमपेज
  • राजनीति
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, धनराज गुरुङ र उपसभामुखको विषयमा छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, धनराज गुरुङ र उपसभामुखको विषयमा छलफल हुने

  • बुधबार, भदौ २६, २०८१
कांग्रेस पदाधिकारी बैठक बस्दै, धनराज गुरुङ र उपसभामुखको विषयमा छलफल हुने

नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सभापतिले पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएको जानकारी दिए ।

उक्त बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ । तर, उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । यस्तै उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने एक नेताले बताए ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अमेरिकी दूतावासलाई लेखेको पुरानो पत्रबारे प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल भएको थियो । सो विषय बाहिरिएपछि मंगलबार संसदमा पक्ष र विपक्षमा चर्को बहस भएको थियो । यस्तै सहकारी ठगीमा नाम जोडिएको धनराजले संसदमै आफू निर्दोष रहेको प्रष्टीकरण दिने प्रयास गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार