• होमपेज
  • कोशी प्रदेश
  • सुदूरपश्चिम प्रदेशमा बुधबार राति धेरै भारी वर्षा

सुदूरपश्चिम प्रदेशमा बुधबार राति धेरै भारी वर्षा

  • बुधबार, भदौ २६, २०८१
सुदूरपश्चिम प्रदेशमा बुधबार राति धेरै भारी वर्षा

बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मनसुनी वायुको प्रभावले बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार